नेपालबाट शल बेचेर व्यवसाय सुरू गरेका शिल्पाका पति अहिले अरबपति

२०७६ श्रावण ४, शनिबार २२:२५ गते २०७६ श्रावण ४, शनिबार २२:२५ गते २०७६ श्रावण ४, शनिबार २२:२५ गते

काठमाडौँ । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए ।आज उनी एक सफल बिजनेशम्यान हुन् । इन्टरनेटमा पाइएको जानकारी अनुसार हाल उनीसँग २४०० करोडको सम्पत्ति रहेको छ ।

एक अन्तर्वार्तामा राज कुन्द्राले भनेका थिए,‘ आज म जुन सुख सयलको जिन्दगी बाँचिरहेको छु सानो छँदा ठीक उल्टो जिन्दगी बाँचिरहेको थियो।’ आज उनीसँग महँगा कारहरु रहेका छन् । जुन सानो छदाँ धेरैको सपना हुने गथ्र्यो ।१८ वर्षको उमेरमा उनले आफ्नो बिजनेश सुरु गरेका थिए । मिडल क्लास परिवारमा जन्मिएका उनीलाई माता पिताले निकै कठिन तरिकाले पालेका थिए । उनलाई पैसाको महत्व थाहा छ । जब उनी १८ वर्षको थिए तब उनको पिताले रेष्टुरेन्टमा काम गर्न वा कुनै काम गर्न भनेका थिए। आफ्नो जिन्दगीलाई कुन मोडमा लाने गम्भिरताका साथ सोचिरहेका थिए ।

उनले सानो लगानी गरेर शल बेच्ने काम सुरु गरे । जसका लागि उनी दुबइ गए । हिरा व्यापारीसँग उनको भेट भयो । तर, कुरा बनेन । राज त्यहाँबाट नेपाल गए । केही पश्निा शल किने र ब्रिटेनको ब्रान्डेड स्टोर मार्फत बेच्न थाले । जति छिटो उनको कारोबार बढीरहेको थियो उती नै छिटो प्रतिस्पर्धा पनि बढीरहेको थियो । यसपछाडि हिराको व्यापारका लागि उनी पुन दुवइ गए ।त्यसपश्चात उनलाई पछाडि फर्केर हेर्ने अवस्था कहिल्यै आएन । आज उनी १० कम्पनीका मालिक हुन सफल भएका छन् । सन् २००४ मा आएको ब्रिटिश म्यागजिन धनी व्यक्तिहरुको सुचीमा राज १९८ औ स्थानमा रहेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed