अख्तियारको ‘स्टिङ अपरेसन’ : एकै दिन समात्यो पाँच इञ्जिनियर

२०७६ श्रावण ५, आईतवार १२:२१ गते २०७६ श्रावण ५, आईतवार १२:२१ गते २०७६ श्रावण ५, आईतवार १२:२१ गते

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शनिबार विभिन्न जिल्लाका पाँच सरकारी इञ्जिनियरलाई घूस रकमसहति रंगेहात पक्राउ गरेको छ।बर्दिया, दोलखा र सिन्धुपाल्चोकका पाँच इञ्जिनियरहरूले घूसबापत लिएको झण्डै ३० लाख रकमसहित अख्तियारले नियन्त्रणमा लिएको हो।अख्तियारले शनिबार स्टिङ अपरेसन गरेर घूससहित रंगेहात पक्राउ गरेका कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका तीन इन्जिनियर कमल सिटौला, विश्वेश्वर प्रसाद शाह, हरि प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझालाई घूस लिएको १५ लाख नगदसहित पक्राउ गर्‍यो।

उनीहरूले निर्माण योजनामा तारजाली भर्ने कामको विल रकम भुक्तानी गरेवापत सेवाग्राहीसँग घूस मागिरहेका छन् भन्ने सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेको थियो। नभन्दै बर्दिया जिल्ला गेरूवा गाउँपालिका- १ बाट रंगेहात फेला पार्‍यो।यता, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, दोलखाका सिनियर इञ्जिनियर प्रकाश अधिकारीले विभिन्न उपभोक्ता समितिहरू तथा अन्य कम्पनीबाट घूस रकम उठाएर काठमाडौं जाँदै छन् भन्ने सूचना पाएपछि अख्तियारले उनको पिछा गरेको थियो।

बा. १ झ ५२८० नम्बरको सरकारी टोयोटा हाइलक्स गाडीमा उनी काठमाडौं जाँदै छन् भन्ने सूचना पाएको २ दिनपछि अख्तियारले अधिकारी र चालक सुमन खड्कालाई भक्तपुरको जगातीमा फेला पार्‍यो। उनीहरूसँगबाट १३ लाख ३८ हजार पाँच सय रुपैयाँ बरामद भयो।उनीहरूसँगै जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका इञ्जिनियर भोगेन्द्र साह पनि पक्राउ परे। उनीसँगबाट भने शंकास्पद एक लाख २९ हजार १ सय ५ रूपैयाँ बरामद गरेको अख्तियारले जनाएको छ।ती सबैलाई अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
सेतो पाटि

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed