काठमाडौं, ५ साउन । टी–२० विश्वकप पुग्ने लक्ष्यसहित नेपाली टोली छनौट प्रतियोगिता खेल्न सिंगापुर पुगेको छ । दुई खेलको सिरिज खेल्न तथा फरक माहोलको अभ्यास गर्न नेपाली टोली गत २४ असारमा मलेसिया गएको थियो । मलेसिया र सिंगापुरको वातावरण उस्तै रहेको र मलेसियामा रहेको स्तरीय मैदान र पिचमा अभ्यास गर्नको लागि नेपाली टोलीले करिब १० दिन त्यहाँ बिताइ शनिबार सिंगापुर पुगेको छ ।
मलेसिया विरुद्धको दुबै खेल जितेको नेपालले आइतबार देखि सिंगापुरमा प्रतिशक्ष गर्ने तालिका रहेको नेपाली टोलीका व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिएका छन् । कुल ५ टोली रहेको यस प्रतियोगिताको विजेताले आगामी अक्टोबर–नोभेम्बरमा युएईमा हुने विश्वकप टी–२० अन्तिम छनौटमा सहभागि हुन पाउनेछ । नेपालको लागि विश्वकप पुग्ने एकमात्र बाटो यहि भएकोले नेपाल यस प्रतियोगितामा ‘गर वा मर’ को स्थितिमा रहेको छ ।प्रतियोगिताको दाबेदार भएपनि नेपालले अन्य टोलीलाई कमजोर नआँक्ने नेपाली टोलीका कप्तान पारस खड्काले बताएका छन् ।नेपालले पहिलो खेल आगामी मंगलबार कतारसँग खेल्ने तालिका रहेको छ ।
Views: 0