भत्कियो भवन भुक्तानी दिएको दिनमै ।

२०७६ श्रावण ५, आईतवार १२:४७ गते २०७६ श्रावण ५, आईतवार १२:४७ गते २०७६ श्रावण ५, आईतवार १२:४७ गते

साउन ५, २०७६ कालीकोट : नरहरिनाथ गाउँपालिका–५ बडिमालिका जानेमा पत्तागाडे धर्मशालाको भवन निर्माणको भुक्तानी दिए कै दिन भत्किएको छ।  कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा ३० लाख रुपैयाँ लागतमा निर्माण गरिएको धर्मशाला भवन निर्माण बापत रकम भुक्तानी गरिएकै दिन भत्किएको हो।

बडिमालिका जाने यात्रुको सहजताका लागि निर्माण गरिएको पत्तागाडे धर्मशाला भत्किएको नरहरिनाथ गाउँपालिका–५ का स्थानीय सर्पबहादुर बोगटीले बताए। मन्त्रालयका प्राविधिक लवराज शाहीले भवन निर्माण बापतको रकम उपभोक्ता समितिको खातामा लगाइसकिएको पुष्टि गरे।  ‘भवन निर्माणको केही काम बाँकी रहेको थियो,’ उनले भने, ‘पैसा भुक्तानीका लागि उपभोक्ता समितिको खातामा हालिसकेको छ।’ प्राविधिक शाहीले सामान्य काम हुन बाँकी रहँदा रकम रोक्ने काम नहुने बताए।
thahakhabar बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed