घरको छतबाट खसेर अर्घाखाँचीका युवकको मृत्यु

२०७६ श्रावण ५, आईतवार १९:५५ गते २०७६ श्रावण ५, आईतवार १९:५५ गते २०७६ श्रावण ५, आईतवार १९:५५ गते

साउन ५, २०७६ अर्घाखाँची : घरको छतबाट खसेर अर्घाखाँचीका एक युवकको भारतको नयाँदिल्लीमा मृत्यु भएको छ। मृत्यु हुनेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका-५ असुरकोटका २३ वर्षीय सन्तोष थापा रहेका छन्। भारतको नयाँदिल्ली स्थित मुखर्जीनगरमा आफूले काम गर्दै आएको पेइङ गेष्टहाउसको ६ तला माथिबाट खसेर थापाको मृत्यु भएको मृतकका आफन्तले बताएका छन्। थापा गेष्टहाउसको काम सकेर साथीहरूसँग फोनमा कुराकानी गर्न छैठौं तलामा गएका थिए।

साथीहरूसँग फोन गर्ने क्रममा थापाको एक्कासी खुट्टा चिप्लिएर आफूले काम गर्दै आएको गेष्टहाउसको छैठौं तला बाट खसेर घाईते भएका थापाको उपचारको क्रममा मृत्यु भएको दिल्ली स्थित मुखर्जी नगर प्रहरीले जनाएको छ। मृतक थापा घरमा रहेका अशक्त बृद्धबृद्धा बुवा आमासहित अपांग ५ जनाको परिवारको पेट पाल्नकै लागि कमाउन भारत गएका थिए। थापाको मृत्युको खबरले परिवार थप बिचल्लीमा परेको छ।
thahakhabar बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed