खाल्डोमा डुबेर तीन जनाको गयाे ज्यान

२०७६ श्रावण ५, आईतवार २०:३४ गते २०७६ श्रावण ५, आईतवार २०:३४ गते २०७६ श्रावण ५, आईतवार २०:३४ गते

दाङ – घोराही उपमहानगरको कुइने भन्ने ठाउँमा खाल्डोमा जम्मा भएको पानीमा डुबेर तीन जनाको ज्यान गएको छ ।

आइतबार बेलुकी खेतमा रोपाइँ सकेर घर फर्कने बेला हातखुट्टा धुन गएका बेला डुबेर ३ महिलाको ज्यान गएको वडा न १८ का अध्यक्ष भरत अर्यालले जानकारी दिनुभयाे । सुरुमा एक जना महिला हातखुट्टा धुने क्रममा खाल्डोमा डुबेको र उनलाई तान्ने क्रममा अन्य दुई महिलाको समेत डुबेर ज्यान गएको बताइएकाे छ ।

डुबेर ज्यान जानेहरुमा अमृता बिक, झरना बिक र बसन्ता बिक रहेको वडा प्रहरी कार्यालय घोराहीले जानकारी दिएको छ ।मृतकहरुलाई पाेस्टमार्टमका लागि घोराही ल्याइँदै छ ।

ujyaaloonline बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed