काठमाडौं । मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित छ साथै बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पुर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशको पुर्वी तथा मध्यका अधिकांश भु–भागमा सामान्यदेखि पूर्ण बदलि भई केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षा भईरहेको छ र पश्चिमि भु–भागमा आंशिकदेखि सामान्य वदली भई १–२ स्थानहरुमा वर्षा भईरहेको छ।
आज दिउँसोको समयमा देशको पुर्वी र मध्य भु–भागमा सामान्यदेखि पूर्ण बदली साथै पश्चिमी भु–भागमा आंशिकदेखि सामान्य वदली रहि पुर्वका अधिकांश स्थानमा साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। पुर्व तथा मध्यका थोरै साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ । साथै रातीको समयमा देशको पुर्वी र मध्य भु–भागमा सामान्य देखि पुर्ण बदली साथै पश्चिमी भु–भागमा आंशिकदेखि सामान्य वदली रही देशको पुर्वी तथा मध्यका अधिकांश स्थानहरुमा साथै पश्चिमका केही स्थानहरूमा वर्षा हुनेछ । देशको पुर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।
देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ जसका कारणले ती क्षेत्रका पहाडी भू–भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ ।
https://youtu.be/wJQ-3BfkjTg
Views: 0