ग्यारेथ बेल “रियल म्याड्रिड” क्लब छाड्दै ।

२०७६ श्रावण ६, सोमबार ०९:१८ गते २०७६ श्रावण ६, सोमबार ०९:१८ गते २०७६ श्रावण ६, सोमबार ०९:१८ गते

एजेन्सी । रियल म्याड्रिडका फरवार्ड ग्यारेथ बेलले सिजनको सुरुवात अगाडि नै क्लब छाड्ने लगभग पक्का भएको छ । प्रशिक्षक जिनेदिन जिदानले बायर्न म्युनिखविरुद्ध खेलमा बेललाई टोलीमा समावेश नै नगरेपछि बेलले छाड्ने पक्का भएको हो ।

जिदानले बायर्नविरुद्धको खेलमा दुवै हाफमा ११-११ जना खेलाडीले मौका दिएका थिए । तर बेल भने बेन्चमा पनि बस्न नपाएर दर्शक दीर्घामा रहेर खेल हेरेका थिए । जिदानले लामो समयदेखि बेल आफ्नो योजनामा नरहेको र क्लबलाई उनको भविष्य अन्यत्र खोज्न आग्रह गरेका थिए । बेलले भने आफू सम्झौता रहुन्जेलसम्म रियलमा नै रहने बताउँदै आएका छन् । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै जिदानले बेलको भविष्यबारे अभिव्यक्ति दिए । ‘ उनलाई टोलीमा नराख्नुको कारण क्लबले उनको अन्य स्थानमा जानेबारे प्रयास गरिरहनुको कारण हो । यदि उनले चाडैं क्लब छाड्छन् भने त्यो उनकै लागि राम्रो हो । क्लबको लागि पनि उनको ट्रान्सफरले राम्रो स्थिति हुन्छ,’ जिदानले प्रष्ट पारे । उनले खेलाडीसँग व्यक्तिगत रुपमा भने कुनै प्रभाव न्ररहेको बताए ।

जिदानले बायर्नविरुद्ध टोलीमा यसै सिजन आबद्ध भएका इडेन हाजार्ड, करीम बेन्जेमा र मार्को एसेन्सियोलाई उतारेका थिए । मिडफिल्ड टोनी क्रुस, लुका मोड्रीच र इस्कोले सम्हालेका थिए । दोस्रो हाफमा १८ वर्षिया फरवार्ड रोड्रीगोले डेब्युमा नै गोल गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *