कन्चटमा गोली लागेका युवकको शव फेला

२०७६ श्रावण ६, सोमबार १४:१० गते २०७६ श्रावण ६, सोमबार १४:१० गते २०७६ श्रावण ६, सोमबार १४:१० गते

वीरगञ्ज – बारामा एक व्यक्तिको कञ्चटमा गोली लागि हत्या भएको अवस्थामा शव फेला परेको छ । बाराको सुवर्ण गाउँपालिका वडा नम्बर १ बगही स्थित नहर छेउमा कन्चटमा गोली प्रहार गरी हत्या गरेर फालिएको अवस्था युवकको शव फेला परेको हो । अन्दाजी २२–२३ वर्षको मधेसी मुलका युवाको शव घोप्टो परी नहरको पानीमा टाउको डुबेको अवस्थामा फेला परेको हो ।

उनको पहिचान खुल्न नसकको बाराका प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए । कन्चटमा गहिरो घाउ देखिएकाले उनको गोली हानी हत्या गरिएको हुनसक्ने भए पनि यकिन कारण भने खुल्न नसकेको राठौरले बताए ।

deshsanchar बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed