वार्षिक खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ खरिद गर्दै आएको नेपालले गत आर्थिक वर्ष २०७५÷७६ मा मात्र २ खर्ब ३१ अर्बको तेल खरिद गरेको छ । जुन अन्तर्राष्ट्रिय व्यापारमा नेपालको सबैभन्दा बढी आयात हो ।
भारतले खरिद बिक्रीमा सम्झौता नै गराएर नेपाललाई एकलौटी रूपमा तेल बेच्दै आएको छ । भारतको स्वीकृतिबिना नेपालले अन्य राष्ट्रसँग सिधै तेल किन्न पाउँदैन । हुन पनि छिमेकी र सामरिक हिसाबले समेत नजिक रहेको राष्ट्र भारत नै नेपालका लागि व्यावसायिक दृष्टिकोणले सहज पार्टनर सावित हुन्छ । तर यसैको नाजायज फाइदा उठाउँदै भारतले भूपरिवेष्ठित राष्ट्र नेपालमाथि हैकम चलाउँदै आएको छ । त्यो आज पनि कायम रहेकै छ ।
उसलाई (भारत) चित्त नबुझेका बखत सघन वातावरणमा मात्र नभएर असघन वातावारणमा समेत नेपालमाथि हैकम जमाउने गरेको छ । त्यसैको फलोस्वरोप केही समयअघि मात्र भारतले नेपालमाथि लगाएको अघोषित नाका बन्दी हामीले विर्सियका छैनौँ ।
जुन समयमा सर्वसाधारणको प्रत्यक्ष जनजीवनसँग जोडिएको दैनिक उपभोग्य वस्तुहरु ग्याँस, तेल लगायतका अत्यावश्यक वस्तुमा भारतले अघोषित नाकाबन्दी लगाएको थियो । जुन अन्याय नेपालीले भुल्ने कुरै भएन । अब पाइपमार्फत तेल ढुवानी हुने व्यवस्था भएपछि नाकाबन्दीका रूप के हुन्छ भन्ने हो ।
panchkhalonline बाट साभार
Views: 0