शिल्पार र छवि प्रकरणमा कसरी आइपुगिन् त हेमा ?

२०७६ श्रावण ६, सोमबार २२:५८ गते २०७६ श्रावण ६, सोमबार २२:५८ गते २०७६ श्रावण ६, सोमबार २२:५८ गते

काठमाडौँ- नायिकासमेत रहेकी श्रीमती शिल्पा पोखरेलले श्रीमानबाट घरेलु हिंसा भएको आरोप लगाएपछि चलचित्र निर्माता छविराज ओझा चर्चा र विवादमा रहे। प्रहरी कार्यालयमा उजुरी परे पनि सहमति जुटेपछि यो विषय मुद्दामा प्रवेश हुन पाएन। लगत्तै शिल्पाले सम्बन्ध विच्छेदको प्रक्रिया अगाडि बढाएपछि यी दुईबीचको विवाद र झगडा नयाँ उचाइमा पुग्यो। यहीबीच आइतबार छविकी पहिलो पत्नी हेमा ओझाले छवि-शिल्पाविरुद्ध बहुविवाहको जाहेरी लिएर प्रहरी कार्यालय पुगेपछि विवादमा नयाँ ‘ट्विस्ट’ आएको छ।

जाहेरी परेको महानगरीय प्रहरी वृत गौशालाले शिल्पा-छविको विवादको विषय यसअघि कालिमाटीस्थित महिला सेलमा परेकाले त्यसैले यो विषय हेर्ने भन्दै जाहेरी त्यता ‘फर्वार्ड’ गरेको छ। शिल्पा छविकी चौथो श्रीमती हुन्। तर हेमाले छविले बहुविवाह गरेकोबारे भर्खरै मात्र थाहा पाएकाले उजुरी गरेको बताएकी छिन्। यस विवादमा देखिएका अर्का पात्र हुन् अधिवक्ता स्वागत नेपाल जसले हेमाविरुद्ध अन्याय भएको भन्दै सहयोग गरिरहेका छन्। स्वागत आफू हेमाको कानुन व्यवसायी नभए पनि जाहेरी दर्ताको प्रकृयामा सहयोग गरेको र हेमालाई न्याय दिलाउन साथ दिइरहेको बताउँछन्। छविको दोस्रो श्रीमतीबाट एक सन्तान छन्। चर्चित नायिकासमेत रहेकी तेस्रो श्रीमती रेखा थापासँग १२ वर्षे वैवाहिक सम्बन्ध ‘सम्बन्धबिच्छेद’बाट टुंगिएको थियो।

सार्वजनिक छवि भएका र यसअघिका वैवाहिक सम्बन्ध पनि सार्वजनिक भएको अवस्थामा हेमा किन अहिले शिल्पा-छविविरुद्ध बहुबिवाहको उजुरी लिएर आइन्? के हेमाविरुद्ध अन्याय नै भएको हो ? हेमाले दिएको जाहेरीमा बहुविवाह प्रमाणित हुने आधार के छ त? हेमाको साथमा देखिएका अधिवक्ता स्वागत नेपालसँग यसै विषयमा देशसन्चारले कुरा गरेको छ। नेपालसँग भएको कुराकानी उनकै शब्दमा। पहिलो कुरा, हेमा र छविजीबीच सम्बन्ध विच्छेद भएको छैन। छविजीसँग अंश लिए पनि हेमाजी संगोल परिवारमै बसिरहनु भएको छ। कानुनले अंश लिएर बेग्लै बस्दै आएको अवस्थामा मात्र बहुविवाह हुन सक्ने परिकल्पना गरेको छ। हेमाजी आफू संयुक्त परिवारमै बसिरहेको बताइरहनु भएको छ। यसको मतलब छविजी सँगै बस्नु भयो वा भएन भन्ने कुराको अर्थ हुँदैन।

उहाँले सम्बन्ध विच्छेद गर्नु भयो भने मात्र अर्को विवाह गर्ने बाटो खुल्थ्यो। तर त्यसो भएको देखिँदैन। अहिले कुरा आइरहेको छ, तीन जनासँग विवाह गरिसक्दा पनि बहुविवाह गरेको अहिले आएर थाहा पाउने? यत्रो समय कहाँ हुनुहुन्थ्यो हेमा जी? मलाई लाग्छ – यो फगतको विवाद हो। हो, गितान्जली सुनुवार र रेखा थापासँगका सम्बन्धबारे चर्चा भएन होलान्। तर हेमाजी आफैँ भन्दै हुनुहुन्छ- छविजीले यो हल्ला मात्र हो केही होइन भनेर मलाई विश्वास दिलाउनु हुन्थ्यो। हुन पनि बहुविवाह गरेको प्रमाणित मिडियामा आएका खबरले हुँदैन। विवाह भइरहेको अवस्था, सँगै सुतिरहेको अवस्था, विवाह दर्ता भएको अवस्था भए बहुविवाह भयो भनेर दावी गर्ने ठाउँ हुन्छ। सायद यसको प्रमाण हेमाजीसँग थिएन। हो, गिताञ्जली सुनुवारबाट छविजीको एक सन्तान छन्। तर सन्तान हुनुले विवाह प्रमाणित हुँदैन। सन्तान वैध र विवाह अवैध हुन सक्छ। छविजीको छोरा भन्ने भयो तर गितान्जलीजी छवि जीको श्रीमती हो भन्ने आधार भएन होला।

छविजी र शिल्पाजी विगत तीन वर्षदेखि सँगै हुनुहुन्छ भन्ने सुनिन्छ। तर यहाँ प्रश्न कहिलेदेखि सँगै हुनुहुन्थ्यो भन्ने होइन, कहिले उहाँहरुबीच विवाह भयो अझ भनौँ विवाहको प्रमाणीकरण भयो भन्ने हो। विवाह दर्ता त केही महिनाअघि मात्र भएको देखिन्छ। त्यसअघि हेमाजीले शिल्पा-छवि सम्बन्ध हल्ला मात्र हो भन्ने ठान्नु भयो होला। दुईबीच विवाह नै भएको हो भन्ने प्रमाण पनि थिएन। अब अहिले आएर विवाह भएकै हो भन्ने सुन्नु भयो होला। त्यसपछि प्रमाण खोज्दै जाँदा विवाह दर्ताको प्रमाण भेट्नु भयो। विवाह दर्ताको प्रमाण नै भेटेपछि बहु विवाह भयो , अन्याय भयो भन्न के समस्या भयो र ?देश संचार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed