भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न नपाएपछि ।।

२०७६ श्रावण ६, सोमबार २३:५७ गते २०७६ श्रावण ६, सोमबार २३:५७ गते २०७६ श्रावण ६, सोमबार २३:५७ गते

काठमाडौँ । भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न नपाएपछि भ्रमण छोट्याएर फर्किएका छन । तीनदिने भ्रमणका लागि नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त गोयल आजै भ्रमण छोट्याएर स्वदेश फर्किएका हुन। गोयलले आज बिहान साढे ८ बजे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग र भारतीय राजदूत मन्जिवसिंह पुरीसँग दिउँसो साढे ४ बजे भेटेका थिए । राजदूतसँग भएको सामूहिक भेटमा प्रतिनिधि सभाका संसदीय समितिका सभापतिहरूलाई निम्ता थियो । रअ प्रमुखमा गाेयल १ महिना अगाडि नियुक्त भएपछि गोयल नेपाल आउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जानकारी गराइएको थियो। गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट्ने प्रयास गरेको तर ओलीले उनलाई भेट्न नचाहेको बताइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *