हेमाले ओझाले मागिन् न्याय

२०७६ श्रावण ७, मंगलवार १२:५८ गते २०७६ श्रावण ७, मंगलवार १२:५८ गते २०७६ श्रावण ७, मंगलवार १२:५८ गते

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल र चलचित्र निर्माता छविराज ओझाले बहुविवाह गरेको भन्दै यी दुई विरुद्ध प्रहरीमा उजुरी परेको छ । आफू हुँदाहुँदै पति छबिराजले दोस्रो विवाह गरेको भन्दै छबिराजकी जेडी पत्नी ५३ वर्षीया हेमा ओझाले महानगरीय प्रहरी वृत्त गौशलामा बहुविवाहको जाहोरी दिएकी हुन् ।यो उजुरीपछि सो प्रहरी बृत्तले यो जाहेरीको थप अनुसन्धान गर्दै कारबाहीको लागि महानगरी महिला प्रहरी सेल कालिमाटीलाई जिम्मा लगाएको छ । सोमबार यो जाहेरीको जिम्मा लिएको महिला सेलले छबिराज र शिल्पाको खोजी सुरु गरिसकेको छ । दुई सन्तान राजिव ओझा र महेश ओझाकी आमा हेमा दुई दशकभन्दा लामो समयदेखि आफ्नो विराटनगरको घरमा बस्दै आएकी थिइन् । छबिराज भने काठमाडौंमा बस्दै आएका थिए ।

पति छबिराज ओझा र अभिनेत्री शिल्पा पोखरेललाई विपक्षी बनाएर हेमाले हालेको जाहेरीमा यस्तोे किटानी गरेकी छन्,‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरो श्रीमान् छविराज ओझाको सम्बन्ध रहेको भन्ने हल्ला आइरहँदा मैले श्रीमान् ओझासँग सोध्दा के छ तिमीसँग हामीले विवाह गरेको प्रमाण भनेर प्रतिप्रश्न गर्दा मैले प्रमाण पनि भेटिनँ । बिहे दर्ता कहीँ कतै भएको रहेनछ ।’यसपटक श्रीमान छबिराजको छोरीकी उमेरकी युवतीसँग विवाह भएको कागजी प्रमाण पाएपछि आफू कानुनी सहारामा आएको भन्दै उनले जोहरीमा लेखेकी छिन्,‘२०७५ साल पुष ११ गते निज विपक्षी (छविराज ओझा र शिल्पा पोखरेल) ले गरेको विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि फेला परेपछि निजले बहुविवाह गरेको प्रमाणित भएकाले निज मेरो विपक्षी श्रीमान् छविराज ओझाले घरमा म श्रीमती हुँदाहुँदै छोरी भन्न सुहाउने शिल्पा पोखरेलसँग बहुविवाह गरेको हुँदा म यो जाहेरी लिई उपस्थित भएकी हुँ ।’

उनले अगाडि लेखेकी छिन्,‘निज मेरो विपक्षी पति छविराज ओझा र निज शिल्पा पोखरेललाई प्रचलित कानुनबमोजिम यथासक्य चाँडो नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाई अनुसन्धानसमेत गरी निजलाई कानुनबमोजिम हदैसम्मको सजाय गरिपाऊँ ।’ हेमाको यही उजुरीको आधारमा प्रहरीले कारबाही प्रक्रियाअघि बढाएको हो । सोमबार राजधानीसँगको कुराकानीमा निर्माता छविराज ओझाले जेठी पत्नी हेमा ओझासँग आफूले कानुनी रूपमा सम्बन्ध बिच्छेद नगरेको बताएका छन्, ‘शिल्पा पोखरेलको मुद्दाको पत्र बुझेर अगाडि कानुनी प्रक्रियाको तयारीमा म आइतबार जुट्दाजुट्दै हेमाजीले बहुविवाहको उजुरी हाल्नुभयो । उनी मेरो पत्नी भएकाले म र शिल्पाविरुद्ध बहुविवाहको उजुरी हाल्नु स्वभाविक पनि हो ।’ उनले अगाडि थपे,‘म स्वास्थ्य उपचारसँगै वकिलसँग सल्लाह पनि गर्दैछु । चाँडै नै प्रहरी निकायमा गएर कानुनी कारबाहीको प्रक्रियालाई सहज बनाउँछु ।’ सकेसम्म आफूहरू मिलेर जाने, नमिले आफूले गरेको गल्तीको सजाय भोग्ने पनि छबिराजले राजधानीलाई बताए ।

उता अभिनेत्री शिल्पा सोमबार राजधानीको सम्पर्कमा आइनन् । हेमाले पति छबिराज र आफूबिरुद्ध बहुविवाहको मुद्दा हालेपछि शिल्पा भूमिगत जस्तै छिन् । उनी मिडियाको सम्पर्कमा छैनन् । हेमासँग सम्बन्ध विच्छेद नभएको आफूलाई यसअघि जानकारी नभएको प्रतिक्रिया उनले एक मिडियालाई आइतबार दिएकी छिन् । अहिलेको कानुनमा बहुविवाह गरेको ठहर भएमा एकदेखि तीन वर्षसम्म जेल सजाय हुनसक्ने उल्लेख गरिएको छ । नयाँ कानुनमा श्रीमतीसँग पारपाचुके नभई दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान राखिएको छ । यही कानुनअनुसार हेमाले बहुविवाहको जाहेरी दिएकी हुन् । फौजदारी संहिताअन्तर्गतको हेमाले दिएको बहुविवाह उजुरीका कारण अब छविराज ओझा र शिल्पा पोखरेलबीचको विवाह खारेज हुने सम्भावना बढेको छ ।

पति छविराज ओझाविरुद्ध अभिनेत्री शिल्पाले डिभोर्ससहित अंश र मानोचामलको माग गर्दै काठमाडौं जिल्ला अदालतमा गतसाता आइतबार मुद्दा दायर गरेकी हुन् । तर, अहिले उनीविरुद्ध बहुविवाहको उजुरी परेपछि यो प्रकारणले नयाँ मोड लिएको छ ।शिल्पाको छबिसँगको विवाह रद्द हुनुका साथै बहुविवाह प्रकरणमा यी दुईलाई एक वर्षदेखि पाँच वर्षसम्म जेल सजाय हुने सम्भावना रहेको वकिलहरूको भनाइ छ ।राजधानी डेली

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *