३ वर्षमा ५८ बालबालिकाको जोखिमपुर्ण मृत्यु भयो कपिलवस्तुमा

२०७६ श्रावण ७, मंगलवार १५:२९ गते २०७६ श्रावण ७, मंगलवार १५:२९ गते २०७६ श्रावण ७, मंगलवार १५:२९ गते

कपिलवस्तु । बर्षा याममा डुबेर, बगेर या भनौ घरकै वरिपरिका पोखरीमा परेर मृत्यु हुने बालबालिकाको संख्या कहाली लाग्दो देखिन थालेको छ । ती मध्ये कतिपय घाइते पनि हुने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको त्रिबर्षीय तालिका अनुसार हालसम्ममा प्रहरीको अभिलेखमा डुबेर मृत्यु हुनेमा बालबालिकाको संख्या दयनिय देखिन्छ । २०७३/७४, ७४/७५ र ७५/७६ मा हालसम्म डुबेर मृत्यु हुने बालबालिकाको संख्या ५८ पुगेको छ । जसमध्ये ४१ बालक र १७ बालिका रहेका छन । ती मध्ये गत आव २०७५/७६ मा बगेर र डुबेर मृत्यु हुने बालबालिकाको संख्या २० रहेकोे प्रहरीको अभिलेखमा उल्लेख छ । ती मध्ये बालक १५ र बालिका ५ जना रहेको प्रहरी नायब उपरीक्षक देबेन्द्र पाण्डेले बताए ।

नदी र पोखरीमै तीन वर्षदेखि १० वर्षका बालबालिका नुहाउन जाँदा घरका अभिभावक बेखबर देखिएको प्रहरीको भनाई छ । अभिभावकले आफ्ना साना सन्तानबारे चासो नदेखाउँदा अकालमा बालबालिकाको ज्यान गएको देखिन्छ ।

बर्षा याममा डुबेर मृत्यु हुने घटनामा बालबालिका पर्नुमा अभिभावकको बेवास्ता मुख्य कारण रहेको स्वयम कतिपय अभिभावकहरु स्वीकार्छन् । कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं १ निबासी दधीराम कणेल भन्छन, आफनो घरको अगाडि ठुला साना खाल्टा खुल्टी राख्न नहुने बताउँदै बालबालिकाहरुलाई आफनो संरक्षणमा राख्नु पर्ने बताउँछन् ।

उनले अभिभावकले हरेक बालबालिकालाई हेरविचार पुर्याउनु पर्ने बताए । त्यस्तै सोही ठाँउ निबासी अभिभावक सृजना कुवँरले पनि अभिभाबकले बेवास्था गर्दा कतिपय बालबालिकाले अकालमै ज्यान गुमाउनु परेको जनाए । उनले घर अगाडि राम्रा कुला र ढल निकासी नहुदा यस्ता समस्या आई परेको उनको भनाई छ । सिद्धार्थ निमावि गजेहडामा अध्यापन गराउदै आउनु भएका शिक्षक तुल्सी प्रसाद पौडेलले विद्यालय स्तरबाट पनि यसका लागि बिभिन्न जनचेतना मुलक कार्यक्रम ल्याउनु पर्ने बताए । आफ्ना छोराछोरी कहाँ जान्छन के गर्छन् भन्ने कुराको हेक्का आमा वुवाले गर्नु पर्ने उनको भनाई ।

rajdhanidaily बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed