जान्नुहोस गर्मीमा कपालको चायाँ हटाउने सजिला घरेलु तरिका

२०७६ श्रावण ७, मंगलवार २१:४९ गते २०७६ श्रावण ७, मंगलवार २१:४९ गते २०७६ श्रावण ७, मंगलवार २१:४९ गते

कपालमा चायाँ परेर हामीमध्ये धेरैजना हैरान भइरहेका हुन्छौं । चायाँले कपाललाई मृतप्रायः बनाइदिन्छ । बजारमा चायाँ हटाउने श्याम्पुहरू पाइन्छन् तर कुनै पनि श्याम्पुले पूर्णतः चायाँ हटाउन सक्दैनन् । त्यसैले यो ढीठ चायाँलाई हटाउनका लागि घरेलु उपाय अपनाउने सल्लाह दिइन्छ । यी हुन् उपाय :

  • १. कालो माटो कपालका लागि राम्रो मानिन्छ । दुई घन्टा कालो माटोलाई पानीमा भिजाएर कपाल धुनुस् । कपाल मुलायम पनि हुन्छ अनि चायाँ पनि हट्छ ।
  • २. दहीमा बेसन घोलेर कपालको जरासम्म पुग्नेगरी धुनुस् । यसो गर्दा कपाल चम्किलो हुन्छ अनि चायाँ पनि हराउँछ ।
  • ३. पिसेको मेहेन्दी एक कप, अलिकति कफी पाउडर, एक चम्चा दही, एक चम्चा कागतीको रस, एक चम्चा दही, एक चम्चा पानको कत्था, एक चम्चा अमलाको धूलो र एक चम्चा पुदिनाको धूलो मिसाएर पानीमा भिजाएर राख्नुस् । त्यसपछि कपालमा एक घन्टासम्म यो मिश्रण राख्नुस् । त्यसपछि मजाले कपाल धुनुस् । कपाल मुलायम र कालो हुन्छ अनि चायाँ पनि गायब हुन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed