बक्सिङ भिडन्तको क्रममा घाइते भएका रसियन बक्सरको मृत्यु

२०७६ श्रावण ८, बुधबार १२:३२ गते २०७६ श्रावण ८, बुधबार १२:३२ गते २०७६ श्रावण ८, बुधबार १२:३२ गते

एजेन्सी । बक्सिङ भिडन्तमा घाइते भएका रसियन बक्सर म्याक्सिम दादशेभको उपचारको क्रममा मृत्यु भएको छ । पुर्तो रिकोका खेलाडी सुब्रियल मतियाससँग गत शुक्रबार मेरिल्याण्डमा भएको उक्त भिडन्तमा दादशेभ घाइते भएपछि उनलाई तत्कालै अस्पताल लगिएको थियो ।

अमेरिकाको मेरिल्याण्डमा भएको बक्सिङ खेलमा २८ वर्षीय दादशेभ र मतियास बिचको विजेताले उपाधिको लागि जोश टेलरसँग खेल्न पाउने अवसर रहेको थियो । खेलको क्रममा दादशेभको अवस्था नाजुक भएपछि उनका प्रशिक्षक बडी म्याकग्रीटले ११ औं राउन्डमा खेल रोकेका थिए । खेलपछि रिप्लेमा हेर्दा म्याकग्रीटले दादशेभलाई त्यसअघिनै खेल रोक्न बारम्बार आग्रह गरेको देखिएको थियो । खेलमा उनी नराम्ररी चुटिएका थिए ।

खेल रोकिएपछि दादशेभले वान्ता गर्दै होस नै गुमाएपछि उनलाई सहयोगीहरुले सहारा दिंदै ड्रेसिङ रुमसम्म लगेका थिए । उनलाई तत्कालै स्थानीय हस्पीटलमा टाउकोको आपत्कालीन अपरेशन गर्नुपर्ने देखिएको थियो । दिमागका रगत बगेको देखिएपछि उनलाई अपरेशन गरिएको र उनी कोमामा गएको बताईन्छ । उक्त अवस्थाबाट फर्किन नसकेका उनको मृत्यु नै भएको थियो । घटनाबाट स्तब्ध भएका उनका प्रशिक्षक म्याकग्रीटले उनको मृत्यु भएको पुष्टी गरेका छन् ।

दादशेभ रसियाको सेन्ट पिटसबुर्गका स्थायी बासिन्दा थिए । उनी व्यवसायिक बक्सिङमा यसअघि सफल मानिएका थिए । उनको करियरमा उक्त भिडन्तअघि १३ जित र १ मात्र हार रहेको थियो । ती १३ मध्ये १० जित भने उनले विपक्षीलाई नकआउट पार्दै हात पारेका थिए ।घटनापछि रसियन बक्सिङ महासंघले घटनाको छानबिन सुरु गरिसकेको बताएको छ । सीएनएनको सहयोगमा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed