मुम्बई । अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट केही समयदेखि प्रेममा छन् । यी दुईको विवाहका बाधक बनेका आलियाका पिता एवं निर्देशक महेश भट्टले प्रेम स्विकारेका छन् । अब यी दुईको विवाह हुने कपुर परिवारका एक सदस्यले बताएका छन् ।ती सदस्यका अनुसार रणवीर र आलियाको विवाह आगामी नयाँ वर्ष २०२० को अवसर पारेर जनवरीमा गर्ने सल्लाह भइरहेको छ ।
अभिनेता ऋषि कपुरको चाहना पनि यी दुईको विवाह होस् भन्ने रहेको छ । ऋषि कपुर क्यान्सरका कारण अहिले पनि उपचारमा छन् । उनको स्वास्थ्यमा सुधार आएका कारण अब रणवीर विवाह गर्न चाहन्छन् । आलिया पनि विवाहको लागि तयार छिन् ।परिवारले यी दुईको विवाहको तयारी भइरहेको बताए पनि आलिया र रणवीरले विवाहको मिति खुलाएका छैनन् ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0