विषादीयुक्त तरकारी र फलफूलबाट यसरी बचौँ

२०७६ श्रावण ८, बुधबार १३:१५ गते २०७६ श्रावण ८, बुधबार १३:१५ गते २०७६ श्रावण ८, बुधबार १३:१५ गते

काठमाण्डौ – फलफूल तथा तरकारीमा विषादी सजिलै छुट्याउन त गाह्रो हुन्छ । यसको मापन गर्न यन्त्र उपकरणको आवश्यकता पर्छ । तर पनि तरकारी तथा फलफूल किन्दा केही सावधानी अपनाएको खण्डमा विषादीबाट बच्न सकिन्छ । उदाहरणका लागि हेर्दा तरकारी तथा फलफूल एकदमै चिल्लो देखिन्छ, त्यसलाई बहिस्कार गर्ने ।

  • – ओइलिएको जस्तो या किरा फट्याङग्राले खाएको जस्तो किन्ने ।
  • – खोट नभएको भन्दा पनि कतै खोट भएको किन्ने ।
  • – सागपातमा प्वाल परेको जस्तो किन्ने ।

विषादीयुक्त तरकारी तथा फलफूलले तत्काल गर्ने असर

  • – वाकवाकी र रिँगटा लाग्ने ।
  • – खान मन नलाग्ने ।
  • – एलर्जी हुने ।
  • – ज्वरो आउने तथा पूरै शरीरमा डाबर देखिने ।

दीर्घकालीन असर

  • – फोक्सो, मुटु, मृगौला तथा दिमागमा असर गर्ने ।
  • – सुगर तथा प्रेसरको रोग निम्त्याउने ।
  • – क्यान्सरको सम्भावना बढी हुने ।
  • – गर्भवती महिलामा समस्या ल्याउने ।
  • – बालबालिका अपाङ्ग वा सुस्त मनस्थितिका शिशु जन्मिने खतरा बढ्ने ।
  • – बाँझोपनको समस्या देखा पर्ने ।
  • फलफूल र तरकारीमा रहेको विषादीबाट बच्ने उपाय
  • – सकभर मौसमअनुसार फल्ने फलफूल र तरकारीको मात्र सेवन गर्नुपर्छ ।
  • – अर्गानिक र ताजा फलफूल र तरकारी किन्नुपर्छ ।
  • – विषादीजन्य खाद्यान्नलाई बहिष्कार गर्नुपर्छ ।
  • विषादीयुक्त फलफूल र तरकारी भान्सामा नै भित्रिएको अवस्थामा
  • – सामान्य तरिका भनेको राम्ररी धुने, पखाल्ने नै हो । तर धोइपखाली गर्दासमेत विषादी नजान सक्छ, त्यसैले अधिक मात्रामा रहेको विषादी हटाउन नुनपानीको प्रयोग गर्न सकिन्छ ।
  • – यदि नुन पनि नराख्ने हो भने सफा पानीमा रातभर भिजाउने र बिहान राम्रोसँग पखाल्ने गर्यो भने धेरै हदसम्म बाहिरी भागमा रहेको विषादी जान्छ । उपभोक्ता आफैँ सचेत भइ आफ्नो स्वास्थ्यका लागि विषादीमुक्त फलफूल र तरकारी खानु पर्दछ ।

(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनसँग गरेको कुराकानीमा अधारित)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed