‘पूर्वपश्चिम राजमार्ग’ राजमार्ग कि मृत्युमार्ग?

२०७६ श्रावण ८, बुधबार १३:२० गते २०७६ श्रावण ८, बुधबार १३:२० गते २०७६ श्रावण ८, बुधबार १३:२० गते

दाङ–राजमार्गको किनारबाट हिँड्नै मुस्किल छ । कतिबेला कुन गाडीले हिलो पानी छ्याप्ला भन्ने ठूलो डर । पैदल यात्रीले समेत सास्ती खेप्नु परेको छ । राजमार्गमा परेका ठूला–ठूला खाडलमा पानी जमेको छ ।छेउँमा गिट्टी र बालुवा थुपारिएको छ । तर, राजमार्गमा परेका खाडलमा टालो हालिएको छैन् । केही ठाउँमा त टालो हालेको समेत उप्किएको छ ।

‘धेरै जसो मोटरसाईकल त यही खाडलमा परेर दुर्घटनामा परे । हामीले मानिसलाई उठाएर अस्पताल सम्म पुर्‍यायौं’लमही नगरपालिका–१ नर्तीका डिल्लीराज खनालले भने–‘दुई तिहाई बहुमतको सरकार छ भन्छन् तर, त्यो सरकार यो खाडल परेको राजमार्ग सम्म आइपुगेको छैन् ।’ लमहीबाट नर्तीसम्म ८ किलोमिटरको दूरी छ । यहि ८ किलोमिटरको दूरीमा सडक नराम्रोसँग विग्रीएको छ ।

यहाँका नागरिकले वडा कार्यालय, नगरपालिका, सडक डिभिजन कार्यालय, जिल्ला प्रशासनसम्म आवाज पुर्‍याएपनि राजमार्ग मर्मत हुनै सकेन् । ‘सिडियो सापलाई बाटो देखाएपछि सोही दिन एक टिप्पर गिट्टी त झर्‍यो । तर, अर्को दिनबाट कामै भएन्’खनालले भने–‘हामी त थाकिसक्यौँ, हाम्रो कुरा कसैले सुन्दैन् ।’ राजमार्गमा टालो हाल्न ठेकेदारले नारायणपुरमा अल्कत्रा पकाउन दाउरा, अल्कत्राको ड्राम र मसिनो गिट्टी झारेको महिना दिन जती भयो । तर, काम नै शुरु गरेको छैन् । असारको अन्तिम साता खाडलमा गिट्टी र बालुवा थुपारियो । तर, अहिले त्यो थुपारिएको गिट्टी, बालुवा सबै निस्कीसकेको छ ।

पूर्वमा विजौरीदेखि भालुबाङ्ग सम्मको सडक मर्मत गर्ने काम गरिएको भएपनि विजौरी देखि लमही सम्मको राजमार्गमा भने मर्मत भएको छैन । पूर्व पश्चिम राजमार्गमा बढेको खाडलले मृत्यु मार्गको परिचय बनाईरहेको छ । राजमार्गमा दैनिक हजार बढि सवारी साधनको ओहोर दोहोर चलिरहन्छ । पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म जोड्ने देशकै प्रमुख राजमार्गको दुरावस्था हुँदा राजमार्गको दाङ खण्ड हुँदै यात्रा गर्ने यात्रुलाई सास्ती हुने गरेको छ ।मर्मतको जिम्मा पाएको शान्ति निमार्ण सेवाले ९२ लाख ३० हजारको ठेक्का लिए पनि लापरबाही गरेको छ । सडक डिभिजन कार्यालय खाङका इञ्जिनियर लिला भण्डारीका अनुसार पानी परेकाले राजमार्गमा बढेका खाडल पुर्न केही असहज भएपनि मर्मतको काम हुने दाबी गरे ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed