नेकपाले किन बोलायो संसदीय दलको आकस्मिक बैठक

२०७६ श्रावण ८, बुधबार १५:२१ गते २०७६ श्रावण ८, बुधबार १५:२१ गते २०७६ श्रावण ८, बुधबार १५:२१ गते

काठमाडौं : सत्तारुढ दल नेकपा संसदीय दलको आकस्मिक बैठक बसेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमै बैठक सुरु भइसकेको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस र राजपाले बाढी, पहिरो, डुबान लगायत बारे जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने विषयमा सभामुख सहमत देखिएपछि नेकपा संसदीय दलको बैठक बसेको हो ।

बुधबार नै सुरु हुने संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न बैठक बसेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । कांग्रेस र राजपा गठबन्धन गरेपछि कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति तय गर्न बैठक बसेको एक सांसदले बताए ।

बाढी, पहिरो, डुबान लगायत विषयमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्न नपाएको भन्दै कांग्रेस र राजपाले पटकपटक संसद बैठक अवरोध गर्दैआएका थिए ।

तर बुधबार बिहान सभामुख कृष्णबहादुर महराले कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसहित पुष्पा भुसाल, मिनेन्द्र रिजाल र दिलेन्द्र बडु, पार्वती डिसी चौधरी, सत्ता पक्षका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गरूङ, राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र लक्ष्मणलाल कर्णलगायतसँग छलफलपछि अवरोध खोल्न कांग्रेस–राजपा तयार भएका हुन् ।

annapurnapost बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed