अपहरणकारीबाट व्यक्तिलाई प्रहरीले गर्‍याे उद्धार

२०७६ श्रावण ८, बुधबार १९:४३ गते २०७६ श्रावण ८, बुधबार १९:४३ गते २०७६ श्रावण ८, बुधबार १९:४३ गते

भक्तपुर – सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–१, घर भई मध्यपुर थिमि नगरपालिका–१, लोकन्थली बस्ने २७ वर्षीय मनिष भण्डारीलाई अपहरणकारीले बोरामा हालेर फ्याँकेको अवस्थामा प्रहरीले उद्धार गरेको छ ।

भण्डारीलाई भक्तपुर र काठमाण्डौको सिमानामा पर्ने मनोहरा खोलामा हात र खुट्टामा डोरी तथा मुखमा पट्टी बाँधेर बेहोस अवस्थामा प्रहरीले उद्धार गरेको हो ।

मंगलबार राति खोलाको किनारामा मान्छेको आवाज सुनेर हेर्न जाँदा बोरा बाँधेर फ्याँकिएको अवस्थामा भण्डारीको उद्धार गरिएको कोटेश्वर प्रहरी प्रभागले जानकारी दिएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा गएको आइतबार भण्डारीलाई लोकन्थलीबाट ३ जना नचिनेका व्यक्तिहरुले जबरजस्ती भ्यानमा हालेर ३ दिनसम्म विभिन्न ठाउँमा घुमाएका थिए  । त्यसपछि मंगलबार राति बाँधेर बोरामा हालेर फ्याँकेको पाइएको हो ।

कोटेश्वर प्रहरीले भण्डारीलाई अपराध अनुसन्धान महाशाखालाई बुझाएको र महाशाखाले घटनाको अनुसन्धान सुरु गर्दै अपहरणकारीको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

ujyaaloonline बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *