काठमाडौं – ५ साउन, राज चाम्लिङ्ग निर्देशित चलचित्र ‘बैना बट्टा’ को पहिलो अफिसियल गीत रिलिज गरिएको छ । सार्वजनिक ‘तिमी सँग’ बोलको गीतमा नयाँ कलाकार फिचर भएका छन् । दीपा लामा र सन्तोष राईको युगल स्वर रहेको गीतलाई कमल राईले नृत्य निर्देशन गरेका हुन् । देवेन्द्र नेम्वाङ्ग र कविता राईको प्रमुख भूमिका रहेको यो चलचित्रले नेपालको सुदुर पुर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगायत आदिवासी समुदायमा रहेको एक प्रथालाई चित्रण गर्न खोजेको छ ।
सुम्हात्लुङ फिल्मस् प्रा.लिका लागि प्रेम लावती निर्मित यो फिल्ममा देवेन्द्र र कविताको अलवा बाबु मोक्तान बिएल, रश्मिला तामाङ, अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह, प्रकाश थेवे लगायतका अन्य कलाकारले अभिनय गरेका छन् । एविराज आङ्देम्वे, राम लावती, भवानी घिमिरे, विक्रम नेम्वाङ र राधा लामा ‘बैना बट्टा’ का सह–निर्माता हुन् । देवजंग थापाले छायांकन गरेको यस फिल्मलाई फास्ट कास्ट क्रियशनले सम्पादन गरेको हो । फिल्मको रिलिज मिति भने तय हुन बाकी छ । यो चलचित्रको सार्वजनिक गीत ओएसआर युट्युव च्यानलमा हेर्न सकिन्छ ।
Views: 0