शास्त्रका अनुसार पूजा पाठ गर्ने समयमा पनि केही नियमको पालना गर्नुपर्ने हुन्छ। जसले हामीले गरेको पूजा पाठले सकारात्मक प्रभाव पार्दछ भने कतिपय तनावबाट मुक्ति मिल्नेछ। ब्रह्मवैवर्त पूराणका अनुसार पूजा पाठ गर्ने समयमा ८ यस्ता चिजहरु छन् जुन हामीले भुलेर पनि भुँईमा राख्नु हुँदैन। वैष्णव पूराणको चार खण्डमा पहिलो खण्ड ब्रह्म खण्ड, दोस्रो प्रकृती खण्ड, तेस्रो गणपति खण्ड र चौँथो श्रीकृष्ण जन्म खण्ड हुन्। त्यस्तैगरी पूराणमा पूजा पाठ र सुखी जीवनका लागि केही खास सुत्र बताईएको छ। कुन कुन चिज सिधै जमिनमा राख्नु हुँदैन !
दीप, अक्षता, सूपारी, शालिग्राम, मणि, देवी देवताको मूर्ती, जनै, देवी देवताको मूर्तीमा लगाउने बस्त्र र शंक लगाएका चिज हुन्। जुन जमिनमा सिधै राख्दा त्यसको नकारात्मक प्रभाव पर्दछ। त्यसैले यी चिज भुँईमा राख्नुभन्दा पहिला शुद्द कपडा ओच्छाएर राख्नु शुभ मानिन्छ।-एजेन्सी
Views: 0