गडिको ठक्करबाट तनहुँमा १ जनाको मृत्यु

२०७६ श्रावण ९, बिहीबार १२:०३ गते २०७६ श्रावण ९, बिहीबार १२:०३ गते २०७६ श्रावण ९, बिहीबार १२:०३ गते

९ साउन, तनहुँ । पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बगुवा बस्ने ७९ वर्षीय खड्कबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सवारीसाधनको ठक्करबाट घाइते दर्लामीको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान ५ बजे डुम्रेदेखि आँबुखैरेनीतर्फ जाँदै गरेको सवारीसाधनले पैदलयात्री दर्लामीलाई ठक्कर दिएको थियो । ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको छ ।

onlinekhabar बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *