अचम्म!!! महिनावारीको रगत अनुहारमा दल्ने युवती

२०७६ श्रावण ९, बिहीबार १३:०९ गते २०७६ श्रावण ९, बिहीबार १३:०९ गते २०७६ श्रावण ९, बिहीबार १३:०९ गते

एजेन्सी– २७ वर्षकी लौरा टेक्सिरिया हरेक महिना आफ्नो महिनावारीको रगतलाई जम्मा गरेर राख्छिन् । अनि त्यसलाई आफ्नो अनुहारमा लगाउँछिन् । त्यति मात्र होइन, उनी बाँकी रहेको रगतलाई जम्मा गर्छिन् र आफ्नो करेसाबारीका रुखहरुमा हाल्छिन् । त्यो रगतलाई उनले पानीमा पनि मिसाउने गरेकी छिन् ।‘सिडिङ द मुन’ नामको यो प्रथ केही पुराना मान्यताहरुबाट प्रेरित भएको मानिन्छ । यो प्रथाअनुसार महिनावारी भएको रगतलाई उर्वरताको प्रतीकका रुपमा लिने गरिएको छ ।यो प्रथा जो महिलाले मान्छन्, उनीहरु आफ्नै अन्दाजमा बाँचिरहेका हुन्छन् ।

लौराले चाहिँ बिबिसीसँग यसबारे कुरा गरेकी छिन् । उनले भनेकी छिन्, ‘जब म आफ्ना रुखहरुमा पानी हाल्छु, म एउटा मन्त्रको जप गरिरहेकी हुन्छु । यो मन्त्र भनेको मलाई माफ गर, म तिमीसँग माया गर्छु र तिमीप्रति आभारी छु भन्ने अर्थ दिने मन्त्र हो ।’लौरा भन्छिन् कि जब उनी आफ्नो अनुहारमा महिनावारीको रगत लगाउँछिन्, उनी आँखा बन्द गर्छिन् र आफैंप्रति धन्य महसुस गर्छिन् । उनी आफूमा शक्ति सन्चार भएको महसुस पनि गर्छिन् ।

लौराले यो प्रथाका कारण महिलाहरु सशक्त भइरहेको धारणा राखेकी छिन् ।उनी भन्छिन्, ‘समाजमा सबैभन्दा ठूलो भेदभाव मासिक धर्मसँग जोडिएको छ, समाज यसलाई खराब मानिरहेको हुन्छ । अझ महिला आफ्नो महिनावारीको समयमा निकै कमजोर महसुस गर्छिन् ।’सन् २०१८ मा वल्र्ड सिड योर मुन डे अभियान सुरु गरेकी लेखिका मोरेना कार्डोसी भन्छिन्, ‘यो एक सरल तरिका हो र शक्ति दिने विषय पनि हो ।’ यो कार्यक्रममा गत वर्ष दुई महिलाहरुले आफ्नो महिनावारीको रगत आफ्नो अनुहारमा लगाएका थिए ।

तर, लौरालाई यो प्रथाका लागि सबैजना तयार भइ नसकेको लाग्छ। ‘इन्स्टाग्राममा मलाई पहिले ३ सय मानिसले मात्र फलो गरेका थिए, मैले यो प्रथ अनुसरण गरेपछि एउटा फोटो इन्स्टाग्राममा राखेँ,’ उनले भनेकी छिन्, ‘त्यहाँ ममाथि व्यंग्य गरियो, मलाई रमाइलोमा उडाइयो ।त्यसपछि उनको त्यो फोटो कसैले सेयर पनि गरिदियो । तर, त्यहाँ आएका अधिकांश कमेन्टहरु नकारात्मक थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *