मेलम्चीको पानी राजधानी आउने सपना अधुरो

२०७६ श्रावण ९, बिहीबार १३:२८ गते २०७६ श्रावण ९, बिहीबार १३:२८ गते २०७६ श्रावण ९, बिहीबार १३:२८ गते

विगत लामो समयदेखि राजधानीवासीलाई बहुचर्चित आयोजना मेलम्चीको पानी वितरण गर्ने भनिएको सरकारले दिएको वचन केवल सपना मात्रै भएको छ । कुनै बेला राजाधानीमा मेलम्चीको पानी आउने सम्भावनाले धेरै ठाउँमा पाइप बिछ्याइएको थियो । यो सराहनीय काम हो । पाइप त बिछ्याइयो, तर पानी कहिले आउँछ ? यो सम्पूर्ण सर्वसाधारणको चासो भएकाले आज यसको विषयमा केन्द्रित हुनुपरेको छ ।मेलम्चीको पानी आउनुभन्दा पहिले धेरै सरकारहरूबीच छलफल भयो ।कार्यविधि तयार भयो । समय अवधिमा सक्ने योजना तयार भयो । तर, खोइ त आजसम्म मेलम्चीको पानी राजधानी आएको ? केही महिनाअघि खानेपानी मन्त्री बिना मगरले भन्नुभएको थियो, “अब राजधानीवासीलाई चाँडै मेलम्चीको खानेपानी वितरण हुन्छ ।” तर अवसोच ! सरकार तथा ठेकेदारको मिलेमतो तथा कमिसनको चलखेलले गर्दा तथा मजदुरहरूको आन्दोलनले गर्दा आज मेलम्चीको काम ठप्प भएको छ । आयोजनाको सुन्दरीजल खण्डको सम्पूर्ण काम ठप्प भएको छ ।

मेलम्चीको मुख्य ठेकेदार कम्पनी (सिएमसी) सँग काम गर्ने सुन्दरीजल खण्डका मजदुरले तलब नपाएपछि उनीहरू आन्दोलनमा उत्रिएका थिए । आन्दोलन चर्किएपछि आयोजनाको सम्पूर्ण काम पूर्ण रूपमा ठप्प भएको छ भने कतिपय मेसिनहरू धेरै लामो समयसम्म प्रयोजन –काम) नगर्नाले खिया लाग्ने अवस्थासम्म भएका छन् । अब यसको कुनै विकल्पै छैन ? अब कसरी मेलम्ची आयोजनाको काम सुचारु गर्न सकिन्छ ? सरकारले अब इटालीयन कम्पनी सिएमसीको कारबाही प्रक्रिया अगाडि बढाई ती मजदुरको पारिश्रमिक दिनु जरुरी हुन्छ, तब मात्र पुनः मेलम्चीको काम सुचारु हुन सक्छ । हो, अर्बौं रुपैयाँ ठगेर भागेको सिएमसीलाई हामीले कुनै पनि हालतमा असुलउपर गरी काम–कारबाही गर्नु त छँदैछ, तर रोकिएका काम भने कुनै वैकल्पिक उपाय अपनाएर भए पनि सुचारु गरी निश्चिति समयभित्र राजधानीवासीलाई मेलम्चीको पानी उपलब्ध गराउनु जरुरी देखिन्छ । अब अझै ढिला गरे राजधानीमा पानीको समस्या योभन्दा पनि भयावह हुने हुन्छ ।राजधानीमा पानीको हाहाकार अत्यधिक छ ।

हिउँदमा पानीको मुहान सुक्ने, पम्प–इनारबाट पानी नआउने तथा खानेपानी संस्थानले वितरण गरेको पानीले सबै ठाउँमा मागहरू धान्न नसक्ने हुँदा धेरै समस्या परेको सर्वसाधारणको गुनासो छ । सर्वसाधारण भन्छन्, “हप्ताको एकपटक मात्र धारामा पानी आउँछ, त्यो पनि निकै संघर्ष गरेर पानी लिनुपर्ने बाध्यता छ । यतिले त नधानेर प्रत्येक हप्ता ट्यांकरको पानीले माग धन्ने गरेको मानिसहरूको भनाइ छ । पानी मानव जीवनमा अत्यावश्यक तरल पदार्थ हो, पानीबिना कुनै पनि प्राणी जीवित रहन सक्दैन । धेरै मानिसले मेलम्ची आयोजनाको पानी चाँडै राजधानी आउने आशा गरेका थिए । तर अवसोच ! यो सपना मात्रै हुने हो कि भन्ने आममानिसको भनाइ छ । कमिसनको चलखेल बन्द गरेर आन्दोलनरत कर्मचारीहरूको समस्या समाधान गरी तत्काल कुनै नयाँ कम्पनीलाई जिम्मा लगाएर भए पनि मेलम्ची खानेपानी आयोजनाको काम सुचारु गरी काम छिटो सम्पन्न गर्नु जरुरी देखिन्छ ।

मेलम्चीको पानी राजधानी आउने हो भने यसले धेरै सर्वसाधारणको आर्थिक तथा सामाजिक जीवनशैलीसमेत सुधार हुने देखिन्छ भने समयको बचत, आर्थिक उन्नतिलगायत क्षेत्रमा समेत सम्पन्न हुने देखिन्छ । तर, यसको समाधान कहिले हुन्छ ? राजधानीवासीले कहिले मेलम्चीको पानी खान पाउने ? के यो सपना मात्रै हुने हो त ? हो, यस्तै–यस्तै प्रश्नले दैनिक सरकारवालाहरूलाई घचघच्याउने गरिएको पाइछ । यस्तो बहुचर्चित गौरव बोकेको आयोजनाको काम तत्काल सुचारु गरी समस्याको समाधान हुनु जरुरी देखिन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *