यातायात विभागका महानिर्देशक दाहाललाई प्रधानमन्त्री ओलीले दिए न्याय

२०७६ श्रावण ९, बिहीबार १९:२५ गते २०७६ श्रावण ९, बिहीबार १९:२५ गते २०७६ श्रावण ९, बिहीबार १९:२५ गते

काठमाण्डौं । विभागिय भौतिक पूर्वाधार यातायात मन्त्री रघुविर महासेठको निहित स्वार्थको प्रतिवाद गर्दा सरुवा भएका यातायात विभागका महानिर्देशक कुमार दाहाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा थमौती गरिएको छ ।

 

नयाँ बसपार्क क्षेत्रको ८० रोपनी भन्दा बढि सरकारी जग्गा भूमाफियाबाट खोस्न खोज्दा दाहाललाई गतहप्ता मन्त्रीपरिषद्ले सरुवा गर्ने निर्णय गरेको थियो । दाहालका बारेमा मन्त्री महासेठले प्रधानमन्त्री ओलीलाई नै गलत बिफ्रिङ गरेर दाहाललाई सुचना आयोगमा सरुवा गर्ने निर्णय गराएका थिए ।

विवादास्पद व्यवसायी दिपक कुवँरले राजनीतिक पहुँचमा नयाँ बसपार्कको सय रोपनी भन्दा बढि जग्गा कब्जा गरि गैरकानुनी रुपमा विभिन्न व्यवसाय गर्दै आएका छन् । निर्देशक दाहालले नयाँ बसपार्कको सरकारी जग्गा खोज्न थालेपछि कुवँरले दाहाललाई फोन गरि २४ घण्टामा सरुवा गर्ने धम्की दिएका थिए ।

मन्त्री महासेठ र कुवँरको गैर साठगाँठ प्रधानमन्त्री ओलीले पत्तो पाएपछि क्याविनेट बैठकमा नै महासेठलाई यातायात विभागका निर्देशक सरुवा गतल देखियो नी भन्दै प्रश्न गर्दा मन्त्री महासेठ नाजवाफ भएका थिए । त्यस लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद्को निर्णय उल्टाउने विभागिय मन्त्रीलाई संकेत गरेका थिए ।

उद्योग बाणिज्य मन्त्रालय अन्तर्गत उपभोक्ता हित संरक्षण विभागको महानिर्देशक भइसकेका कडा र स्वच्छ स्वभावका दाहाललाई विगतमा पनि विभागिय मन्त्रीले यस्तै दुःख दिएका थिए ।

खराब व्यापारीलाई धमाधम कार्बाही गर्न थालेपछि विचौलिया र खराब व्यवसायीले विभागिय मन्त्रीलाई नै प्रभावमा पारी दाहाललाई विराटनगर महानगरपालिमामा सरुवा गराएका थिए । महानगरपालिकामा पनि राम्रो काम गरेपछि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले यातायात विभागमा ल्याएका हुन् ।

नियम भन्दा बाहिर जान नचाहने दाहाललाई पुनः थमौती गरेर प्रधानमन्त्रीले ओलीले मन्त्री महासेठको निहित स्वार्थ तुहाइदिएर प्रशंसनिय काम गरेका छन् ।

यता, मन्त्री महासेठकी श्रीमती नेकपाकी नेतृ समेत रहेकी जुली महत्तोले मन्त्रालयका कर्मचारीलाई आर्थिक मसान्त सकियो खोइत विभागिय मन्त्री ज्यू र पार्टी खर्च भन्दै हैरान पारिरहेको एक सहसचिवले नाम नखुलाउने सर्तमा बताए । आजभोली श्रीमती महत्तो आतंकले कर्मचारी हैरान भएका छन् ।

kathmandutelevision बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *