भौतिक सुविधाले नदिने सुख कहाँ पाउने ?

२०७६ श्रावण ९, बिहीबार २१:१० गते २०७६ श्रावण ९, बिहीबार २१:१० गते २०७६ श्रावण ९, बिहीबार २१:१० गते

काठमाडौं । टाढाबाट जब हामी तिब्र गतीमा बहदै गरेको नदिलाई हेर्छौ तब नदी बिस्तारै बगिरहेको लाग्छ । यो देखेर धेरै मानिसहरु नदिमा पस्ने पनि गर्छन् । नदीमा पसेका उनीहरु नदिको तिव्र गतिमा बगिरहेको पानीमा तैरिन नसक्दा डुब्छन् । यसै प्रकार यो मायाको चीज तथा भौतिक सम्पदा हामीभन्दा टाढा छ, हामीलाई जबसम्म प्राप्त हुदैन तबसम्म सोच्छौ कि यसमा हामीलाई सुख शान्ति मिल्नेछ र त्यसको पछि हामी दौडिरहेका छौ । तर जब यसलाई मानवले प्राप्त गर्नेछ तब सुख शान्तीको सट्टा उसलाई अझ दुखी बनाउछ।

धनको उदाहरण लिउ। मानौ कसैलाई दुई तीन करोडको चिठ्ठा पर्यो र उसले अनायस नै धन प्राप्त गर्‍यो । तब मानिसहरू सोच्छन यसले सुख शान्ति पाउनेछ । जुन व्यक्तिलाई चिठ्ठा पर्नेछ त्यसलाई अझ समस्या खडा हुनेछ। त्यस धनलाई म के गरु, कसरी खर्च गरु, कसरी यसलाई म उपयोगमा लिउ, के गरु, के नगर्नु, चोरबाट यसलाई कसरी बचाउ आदि इत्यादी अनेक प्रकारका समस्या उत्पन्न हुन्छ । कुनै ठाँउमा यस्तो पनि छ जहँ बैंकमा रुपैया पनि राख्न मिल्दैन र अर्वौ रुपैयाँ चोरले नचोरोस भनेर राती रुगेर बस्नु परेको छ।

अमेरिका, इग्लयाण्ड आदि देशहरुमा धेरै धनी धनी मानिसहरु जोसँग धनको कमी छैन र कुनै एश आरामको पनि कमि छैन तर पनि उनिहरुलाई निन्द्रा ठिक तरिकाले लाग्दैन, निन्द्राको औषधि खानुपर्छ। त्यहाँ ठुला ठुला मानिसका श्रीमतीहरु औषधीको गोलीको भरमा बसेका छन् । उठ्नेको लागि पनि गोली खानुपर्छ, गोली नै गोलीले उनिहरुको पेट एक औषधि पसल बनेको छ। जसप्रकार एक दोकानमा हेरक किसिमका औषधि हुन्छ त्यसै प्रकार औषधि भरिएको छ। यो हो अधिक धन र ऐश आरामको परिणाम।

धनी सेठहरुलाई हरेक समय आयकर वाला आउछन् कि भन्ने डर लागिरहेको हुन्छ। उनिहरुको धन सम्पत्तिलाई छापा मारेर नलगोस भन्ने चिन्ता हुन्छ । यसप्रकार मनुष्य हरेक समय मायाको चिन्ता गरिरहन्छ, धनको नै चिन्ता गरिरहन्छ, यसलाई शान्ति हुदैन ।कबीर साहेवले निकै राम्रो शब्दमा भनेका छन् ‘माया ठगिनि हम जानी’ यानि यस मायामा भौतिक सम्पदामा परेशानी नै परेशानी छ, दुख नै दुख छ । यसकारण कबीरले अघि भने-साई इतना दीजिये, जामे कुटुम्ब समाय ।मे भी भुखा न रहु, साधु न भुखा जाय ।।अर्थात हे भगवान मलाई धन सम्पत्ति यति नै दिनुहोस जसमा मेरो कुटुम्ब परिवार भोको नरहुन र मेरो घरमा जो अतिथि आए उनिहरुलाई म सत्कार गर्न सकू ।

एक राजाले धेरै तपस्या गरेपछि देवी प्रसन्न भइन् । देवीले भनिन् माग तिमि के माग्छौ ? उनि भन्न थाले,’म सुनलाई धेरै मन पराउछु । यसकारण मलाई यस्तो वरदान दिनुहोस कि म जुन चिजलाई छुनेछु त्यो सुन बनेस ।’भगवतीले भनिन्,’ यो ठिक होइन यसबाट तिमिलाई धेरै दुख हुनेछ ।’तर उसले मानेन र भन्न थाले,’ मलाई सुनप्रति धेरै माया छ यसकारण मलाई यो बरदान दिनुहोस ।’भगवतीले उसलाई त्यहि वरदान दिएर गइन् । राजा जब राजमहल पुगे तब उसको छोरा बुवा भन्दै दौडिएर आए र जसै उसलाई राजाले काखमा लिए उनि सुनको मुर्ति बने । राजा भित्र आए आफ्नो पत्नीलाई छोए तब उनि पनि सुनको भइन् । राजा निराश भए । केहि समयपछि उनलाई भोक लाग्यो नोकरले खाना लिएर आए । खानाको चीजलाई उनले छोएसँगै त्यो पनि सुन भयो । उनले जे जेलाई छोए सबै सुन भए अब के खाने धेरै परेशान भए। भोकले पनि व्याकुल भए । तब उनले दोस्रो पटक तपस्या गरे र देवीलाई भने,’सुनबाट मलाई सुख मिलेन यो वरदान फिर्ता लानुहोस ।’त्यसैले सन्त तुलसीदास भन्छन्-

गो धन, गज धन, बाजि धन और रता धन खान ।
जब आय सन्तोष धन, सब धन धूरि समान ।।

उनि भन्छन्,’ सन्तोष धन यस्तो चीज हो त्यसको तुलनामा हिरा, जवाहरात, गाई बाछिको धन, हात्ति घोडाको धन, यी सब धन धुलो समान छन् । त्यस आन्तरिक सन्तोषको अघि सबै बेकार हुन् । र यो पनि होइन कि सबै बाहिरी भौतिक सम्पदाहरुबाट सन्तोष धन प्राप्त हुन्छ। मायाको कुनै चिज भित्र सन्तोष धन प्राप्त हुदैन र विना सन्तोष शान्ति मिल्नेछैन । सन्तोष धन यस्तो धन हो जसलाई प्राप्त गरेपछि मनुष्यलाई मायावी चीजहरुको आवश्यकता पर्दैन ।’

‘सन्तोष उव पुरुषस्य निधनम्’: सन्तोष नै मनुष्यको परम खजाना हो । मानिसले जति कर्म गरेका छन् ती सबै कर्ममा हामी सन्तोष नै चाहन्छौ तर प्रश्न यो उड्छ कि यी सबै कर्म गरेर्पछि पनि हामीलाई सन्तोष किन प्राप्त हुदैन ?

यस २१ औँ शताब्दी मा जहाँ विज्ञानको यति विस्तार भएको छ विज्ञानले धेरै सिद्धान्तको आधारमा प्रकृतिका धेरै रहस्यहरु हाम्रो सामु खुलासा गरेको छI यो संसार कसरी बन्यो, यसको विकास कसरी भयो, यी बिषय हामीले राम्रोसँग बुझेका छौ तर यी सबै भएपछि पनि मानवको हृदयमा सन्तोष छैन शान्ति छैन, त्यसैले उ मन्दिर, मस्जिद, चर्च, गूरूद्वार आदि जान्छ किनकि उ शान्तिलाई प्राप्त गर्न चहान्छ।हाम्रो इतिहासले यो बताउछ पुरानो जमानामा पनि मनुष्य थियो र तब पनि उसको मन संसारिक बस्तुहरु प्रति जान्थ्यो । अशान्त थियो, उसले शान्तिको खोज गर्‍यो र जुन वस्तुमा उसले शान्ति पायो । उसले त्यसलाई ‘आत्मा’ भन्यो त्यसैलाई अध्यात्मवाद भनियो । आजको युगमा पनि हामीलाई शान्तिको चाहाना छ, इच्छा छ भने हामी अध्यत्मवादीको शरणमा जानुपर्नेछ ।

किनकि आज भन्दा दुईहजार बर्षपहिले जब मनुष्य तिर्खाएको थियो तब उसले पानी पिएर प्यास बुझायो। यस एकाइसौ शताब्दीमा पनि यदि मनुष्यलाई प्यास लाग्छ भने उ पानी पिउछ। आजबाट हामी अन्तरिक्ष युगमा चले पनि, आधुनिक भन्दा आधुनिक युगमा गएपनि हामीलाई तिर्खा लाग्दा हामी पानी कै सहारा लिनेछौ। रकेटमा बसेर जो मानिस चन्द्रमामा गए उनिहरु पनि आफुसँग पानी लिएर गए किनकि चन्द्रमामा पानी छैन ।यसप्रकार जब जब मनुष्य भित्र शान्तिको, सन्तोषको चाह हुन्छ तब तब उसले अध्यात्मवाद भएको ठाँउमा जानुपर्नेछ। त्यहि उसले शान्ति प्रदान गर्न सक्नेछ ।तपाईले सुन्नु भएको होला पाश्चात्य देशमा त्यहाँका युवा वर्ग आफ्नो समाजलाई तिलान्जली दिए एक यस्तो विचार (cult) को प्रचार गरे । जसलाई हिप्पिवाद भनियो I जसको अभिप्राय ह्याप्पी (happy) खुसी थियो। जसको तात्पर्य हो प्रसन्न रहनु सुख शान्ति प्राप्त गर्ने प्रयास ।

भारत बर्षको भित्र गया, हरिद्वार, ऋषिकेश, बनारस आदि तीर्थस्थल भित्र हामी देख्छौ कि त्यहा अंग्रेजहरु लामा लामा कपाल राखेर च्यातिएको कपडा लगाएर घुमिरहेका छन् । के उनिहरुलाई बेरोजगारी भत्ता नमिलेर त्यसरी घुमेका हुन् वा रोजगार नमिलेर त्यसरी घुमेका हुन् ? होइन उनिहरुलाई उनिहरुको देश भित्र सबै सुख सुविधा सुलभ छ । उनिहरु वैज्ञानिक जगतमा धेरै अघि बढे तर पनि उनिहरुलाई शान्ति मिलेन यसकारण उनिहरु नेपाल र भारततर्फ निस्किए कि सायद यहाँ केहि पाइन्छ कि भनेर ।तपाई संसारको कुनै पनि देशमा जानुहोस हरेक व्यक्ति शान्तिलाई खोजी रहेको छ । र त्यो खोजमा उसले भौतिक पदार्थलाई अपनाउन शुरु गर्‍यो यो लागेर कि भोतिक पदार्थले मलाई सुख शान्ति दिनेछ । निश्चित रुपले यी भौतिक पदार्थहरुले क्षणिक सुख शान्ति दियो तर त्यो चिरस्थायी शाशस्वत सुख शान्ति दिनमा यो भौतिक पदार्थ असमर्थ छ ।र त्यस चिरस्थायी शान्तिको त्यस पूर्ण सन्तोषको खोजी गर्नु प्रत्येक मानवको खोज हो ।हाम्रा कुरा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed