कावासोतीमा अज्ञात समुहद्वारा सरकारी गाडीमा आगजनी

२०७६ श्रावण १०, शुक्रबार ११:५६ गते २०७६ श्रावण १०, शुक्रबार ११:५६ गते २०७६ श्रावण १०, शुक्रबार ११:५६ गते

नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा गएराति एउटा सरकारी गाडीमा आगजनी भएको छ । गाडीमा आगाले लाग्नुको कारणमाथि प्रहरीले अनुसन्धान गरिरहेको भए पनि आगो विप्लव समुहका कार्यकर्ताहरुले लगाइदिएको हुन सक्ने आशंका गरिएको छ ।नवलपुर जिल्ला अदालतका श्रेष्तेदार सारदा दत्त बडु चढ्ने बा २ झ ३५०२ नम्बरको गोडीमा आगजनी भएको हो ।जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक एवम सुचना अधिकारी अर्जुन रानाभाटले गाडीको मुनी मट्टितेलको गन्ध आएका केही बोराका टुक्रा फेला परेकोले गाडीमा कसैले आगो लगाइदिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

कावासोती ८ थकाली चोक निवासी अर्जुनकुमार श्रेष्ठको घरमा भाडामा बस्दै आएका बडुको श्रेष्ठको घर साइडमा फार्किङ गरिराखेको थियो ।
राति सोही घरमा भाडामा बस्ने झपटबहादुर कुवर लगायत ४ जना मानिस काठमाडौं जान निस्कँदा एक्कासी आगो बलिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए र राति नै प्रहरी, स्थानीय र दकलको सहायताले आगो नियन्त्रणमा लिएको थियो ।आगलागीमा परी गाडीको अघिल्लो भाग र इन्जिन जलेर नष्ट भएको छ । विप्वल समूहले केही दिन अघि सरकारमाथि प्रतिबन्ध लगाइ सरकारी गाडी चल्न नदिने चेतावनी दिएको थियो ।राज्धानी डेली

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed