काठमाडौं । स्कुल बसमा ‘खैरो हेरोइन’ र ‘नक्कली नोट’को ओसारपसार गरेको आरोपमा चालक पक्राउ परेका छन । स्कुल बसमा लागुऔषध ओसारपसार गरेको आरोपमा प्रहरीले बसका चालकलाई पक्राउ गरेको हो।
बिहान साढे ८ बजे कपिलवस्तुको मायादेवी नगरपालिका–४ को पिपराबाट चाकरचौडातर्फ आउँदै गरेको लु १ क १५५४ नं।को पिस ग्लोबल इंग्लिस बोर्डिङ स्कूल बसमा लागुऔषध र नक्कली नोट भेटिएको हो। विशेष सूचनाका आधारमा खटिएको सादा पोसाकको प्रहरी टोलीले चेकजाँचका क्रममा बसको टुलबक्समा १० पोका खैरो हेरोइन र पाँच सयका नक्कली नोट ८८ थान बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरीले बसका चालक मायादेवी नगरपालिका ८ बरकुल बस्ने २६ वर्षीय देउकीनन्दन कसौधनलाई नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0