सिसनको प्रेममा शृंखला ?

२०७६ श्रावण १०, शुक्रबार १२:१७ गते २०७६ श्रावण १०, शुक्रबार १२:१७ गते २०७६ श्रावण १०, शुक्रबार १२:१७ गते

दुई जवान युवायुवतीलाई देशमा सँगै देखियो भने अफेयरको आशंका सुरु भइहाल्छ। अझ विदेशमा सँगै देखियो भने त कन्फर्मै हुन्छ। त्यसमाथि सेलिब्रिटी परे भने त मिडियाले लभ पारिदिएर मात्र छोड्छ।

पूर्व मिस नेपाल शृंखला खतिवडा यो प्रवृत्तिको पछिल्लो शिकार बनेकी छिन्। भ्लगर सिसन बानियाँसँग शृंखलालाई टर्कीमा सँगै देखिएपछि धेरैले दुवै प्रेममा रहेको ठोकुवा गर्न थालेका छन्। सिसन र शृंखलाको टर्कीमा एउटा मात्र फोटो बाहिरिएको छ, जहाँ दुवै सँगै छन्। यसरी बाहिरिएको फोटोमा भने शृंखलाले सिसनको छातीमा टाउको राखेकी छिन् र फोटोमा क्याप्सन छ, ‘लिटरल पार्टनर इन क्राइम’। यही क्याप्सनका भरमा धेरैले दुवैको अफेयर भएको अनुमान गरेका छन्।

उनीहरूलाई गत महिना जय नेपाल हलमा भएको ‘आप्पा’को प्रिमियरमा सँगै देखिएको थियो। त्यसअघि सिसनले चीनको सान्यामा भएको मिस वल्र्डमा भाग लिँदा चाहिने अडियो भिजुअलमा शृंखलालाई सक्दो सहयोग गरेका थिए। शृंखला मिस नेपाल हुनेबित्तिकै अस्ट्रेलियामा प्रेमी रहेको हल्ला चलेको थियो। पछि त्यो यत्तिकै सामसुम भयोे। यो चोटिको हल्ला के हुन्छ, केही दिनमै थाहा भइहाल्छ। अन्नपुर्ण पोस्ट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed