टाउको काटिएको हात्तीको हृदयविदारक तस्वीर सार्वजनिक, दाँतका लागि यसरी मारियो

२०७६ श्रावण ११, शनिबार ०८:२१ गते २०७६ श्रावण ११, शनिबार ०८:२१ गते २०७६ श्रावण ११, शनिबार ०८:२१ गते

काठमाडौं – अफ्रिकी मुलुक बोत्स्वानाको उत्तरी क्षेत्रमा टाउको काटिएको एक हात्तीको हृदयविदारक तस्वीरले उक्त देशमा हात्तीदाँतको तस्करीको भयानक दृश्य प्रस्तुत गरेको छ ।

ड्रोनबाट खिचिएको तस्वीर डकुमेन्ट्री फिल्ममेकर जस्टिन सलिभानले लिएका हुन् । गत मे महिनामा बोत्स्वानाले जनावरको शिकारमाथिको प्रतिबन्ध हटाएपछि यस्तो वीभत्स हत्या गरिएको हो ।तस्करहरूले विद्युतीय आरा प्रयोग गरेर हात्तीको सुँड र दाँत काटेर लगेका हुन् । शिकारीहरूले हात्तीलाई क्षतविक्षत पारेलगत्तै यो तस्वीर खिचिएको हो ।

अर्को खतरनाक तस्वीरमा हात्तीको टाउकोको भित्री भाग देखिन्छ । बोत्स्वानामा तस्करी तीव्र गतिमा बढिरहेको छ । सन् २०१४ देखि २०१८ सम्म जनावरको लाशको संख्या ५९३ प्रतिशतले बढेको छ । एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed