भारी वर्षापछि मुम्बईमा डुबान, बाढीमा फसेको रेलका यात्रुको हेलिकप्टरबाट उद्धार : जनजिवन प्रभावित

२०७६ श्रावण ११, शनिबार १६:५५ गते २०७६ श्रावण ११, शनिबार १६:५५ गते २०७६ श्रावण ११, शनिबार १६:५५ गते

एजेन्सी– भारी वर्षाका कारण भारतको मुम्बईको जनजिवन प्रभावित भएको छ।मुसलधारे वर्षाका कारण मुम्बईका कैयौँ इलाका डुबानमा परेकापछि मुम्बईको जनजीवन अस्तव्यस्त बनेको छ।यस्तै मुम्बईको बदलापुर र वांगणीबीच वर्षाका कारण रेल्वे ट्रयाकमा डुवान भएपछि मुम्बई–कोल्हापुर महालक्ष्मी एक्सप्रेस रेल्वे ट्रयाकमा फसेको छ। उल्लास नदीमा आएको बाढीका कारण उक्त क्षेत्र डुवानमा परेको हो।केन्द्रीय रेल्वेका प्रमुख पब्लिक रिलेसन अफिसर सुनील उदासीले. रेलमा सातसय यात्रु रहेका जानकारी दिए।

रेल फसेको ठाउँमा चारैतर्फ पानी भरिएको छ। रेलमा फसेका यात्रुहरुको उद्दारका लागि भारतीय वायुसेनाको हेलिकप्टरको प्रयोग गरिएको छ।रेल फसेको क्षेत्र मुम्बईबाट करिब १०० किलोमिटरको दुरीमा रहेको छ। रेल उक्त क्षेत्रमा पछिल्लो १२–१३ घण्टादेखि फसेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।भारी वर्षाका कारण मुम्बई र आसपासका क्षेत्रमा डुवान हुँदा यातायात सेवा नराम्ररी प्रभावित भएको छ। खराव मौसमका कारण हवाईसेवासमेत प्रभावित भएकाे छ। सात बटा उडानसमेत रद्द गरिएको छ।मौसम विभागले कैयौ क्षेत्रमा अझै केहीसमय वर्षा नरोकिने भन्दै सर्वासाधारणलाई सतर्क रहन भनेको छ।देशसंचार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed