विवाह गरेको भर्खरै भएको थियो। एक नवविवाहित जोडी केहीहप्ता अगाडि सेन्ट किट्सस्थित क्यारेबियन टापु हाइकिङका लागि गएका थिए।क्ले चास्टिएन डोरमेन्ट ज्वालामुखीको पहाडमा चढेका थिए। डोरमेन्ट ज्वालामुखी १० हजार वर्ष पहिलै विस्फोट भएता पनि त्यो सक्रिय हुन्छ। त्यसको वरपर लाभा देखिन्छ। जुन निकै तातो हुन्छ। यस्ता ज्वालामुखी फेरि विस्फोट हुने वैज्ञानिकहरु बताउँछन्।ज्वालामुखीको पहाडबाट मुनीका भाग राम्रो देखिने भएकाले आफू त्यहाँ चढेको चास्टिएन बताउँछन्। यो घटना गत जुलाई १८ को हो।पहाडमा चढेका चास्टिएन एक्कासी लडेका थिए। उनी ५० फिट तल खसेका थिए। धेरै हिँडेका हुनाले चास्टिएन पहिल्यै निकै थकित थिए। उनी भन्छन्,‘मलाई उचाइदेखि डरलाग्छ त्यही भएर लडें।’
लड्दा शिरमा चोट लागेपछि उनी अचेत भएका थिए। उनीहरुसँग सहयोग माग्नका लागि मोबाइलमा नेटवर्क पनि थिएन।चास्टिएन अचेत भएपछि श्रीमती आकेमी उनलाई सहयोग गर्न माथिबाट तल झरेको बताउँछिन्। तल झर्दा उनको शरीर भर रगत देखिएको आकेमीको भनाइ छ।श्रीमती आकेमीले आफूलाई बोकेरै उपचार पाउने स्थानसम्म लगेपछि यतिबेला स्वास्थ्यमा सुधार आउँदै गरेको चास्टिएन निकै खुशी छन्।५ फिट २ इन्चकी आकेमी मात्र ४७ केजीकी छिन्। उनले तीन घन्टासम्म श्रीमानलाई बोकेरै उपचारस्थल सम्म पुर्याएकी थिइन्।समयमै उपचार पाएका हुनाले चास्टिएनको ज्यान बचेको डाक्टरहर बताउँछन्। यसबारे समाचार सार्वजनिक भएपछि मानिसहरुले उनीहरुका लागि ३० हजार अमेरिकी डलर सहयोग गरेका छन्।नेपाल खबर
Views: 0