हेलिकप्टरबाट ८ हजार १० केजी चामल पठाइयो उदयपुरका विकट गाउँपालिकामा

२०७६ श्रावण ११, शनिबार १७:५१ गते २०७६ श्रावण ११, शनिबार १७:५१ गते २०७६ श्रावण ११, शनिबार १७:५१ गते

विराटनगर । प्रदेश १ सरकारले उदयपुरका खाद्य संकटग्रस्त दुई गाउँपालिकामा हेलिकप्टरबाट ८ हजार १० क्विन्टल चामलसहितको खाद्य सामग्री पठाएको छ ।गत असार २६ गतेबाट भएको अविरल वर्षाको कारण उदयपुर जिल्लाको लिङ्चुङ्बुङ गाउँपालिका र ताप्ली गाउँपालिकामा सडक सम्पर्क बिच्छेद भई उत्पन्न खाद्यान्न संकट टार्न प्रदेश सरकारले खाद्यसामग्री त्यसतर्फ पठाउने व्यवस्था गरेको हो । प्रदेश सरकारको आन्तरिकि मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा विपद व्यवस्थापन कार्यकारी समितीको बैठक बसी निर्णय भएबमोजिम तत्कालका लागि हवाइमार्गबाट खाद्य आपूर्ति ब्यवस्था मिलाइएको हो ।

दुबै गाउँपालिकामा ८२० केजी दाल, ४०० केजी नुन र ३८० लिटर खाने तेल पठाइएको मन्त्रालयले जनाएको छ । नेपाली सेनाको हेलिकप्टरले चार पटक गरी खाद्य सामग्री सम्बन्धित क्षेत्रमा पठाएको थियो । पठाइएको सामग्री पीडित समक्ष वितरण गरिएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।१२ खरी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *