प्रधानमन्त्री ओलीको बुद्धि बंगारो खुस्किएपछि अस्वस्थ

२०७६ श्रावण ११, शनिबार १८:०१ गते २०७६ श्रावण ११, शनिबार १८:०१ गते २०७६ श्रावण ११, शनिबार १८:०१ गते

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको दाहिनेपट्टिको माथिल्लो बुद्धि बंगारो खुस्किएको छ ।बंगारो खुस्किएपछि प्रधानमन्त्री ओली अस्वस्थ भएका छन् । ओलीले आफूलाई आरामको आवश्यकता भएको बताएका छन् ।शनिवार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा बहिरंग सेवा भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राति बुद्धि बंगारो खुस्किएका कारण कार्यक्रममा नआउने गरी आराम गरिरहेको भएपनि बढी नै आग्रह गरेपछि आएको बताए ।

कार्यक्रममा बोल्दै ओलीले आफूलाई ६७ वर्ष भएको र अस्थायी बिरामी भएको बताए । ‘हिजो राति दाहिने पट्टिको माथिल्लो बुद्धि बंगारो आफैं खुस्कियो । बंगारोको जरा रहेनछ । रगत पनि आएन,’ उनले भने ।स्वास्थ्य ठीक नभएका कारण शनिवार बिहान ढिलासम्म सुतेको समेत ओलीले कार्यक्रममा बताए । कार्यक्रममा धेरैबेर बोल्दा नक्कली बिरामी हो कि भनेर आशंका हुनेतर्फ संकेत गर्दै ओलीले भने, ‘म नक्कली बिरामी होइन, अस्थायी बिरामी हुँ ।’प्रधानमन्त्री ओलीको मृर्गौला प्रत्यारोपण भएका कारण उनी नियमित औषधि सेवन गर्ने गर्छन् । ओलीमा समय–समयमा संक्रमणको समस्या समेत देखिने गरेको छ । लोकंतार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *