दाङ। दाङ प्रहरीले एउटै मोटरसाइकलमा दुइटा फरक–फरक नम्बर प्लेट फेला पारेको छ।वडा प्रहरी चौकी रामपुरले एरियामा चेकजाँच तथा गस्तीका क्रममा एउटै मोटरसाइकलमा दुइटा नम्बर प्लेट भएको फेला पारेको हो।अगाडि रा १ प ९२३८ र पछाडि रा १ प ४२७२ नम्बरको मोटरसाइकल असार ७ गते फेला परेको प्रहरीले जानकारी दिएको छ।
हालसम्म सम्बन्धित सवारीधनी सम्पर्कमा नआएको हुँदा आवश्यक सवारीधनी कागज पत्रसहित मोटरसाइकल लिन आउन प्रहरीले आग्रह गरेको छ।महिनादिन वितिसक्दा पनि मोटरसाइकल दाबी गर्न कोही नआएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले बताए।मोटरसाइकल चोरीको हुन सक्ने वा त्यो गलत कामको लागि दुइटा नम्बर प्लेट राखेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।सेतो पाटि
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0