चन्द्रमामा पाइला टेकेर आखिर के पायो त मान्छेले ?

२०७६ श्रावण १३, सोमबार १२:२४ गते २०७६ श्रावण १३, सोमबार १२:२४ गते २०७६ श्रावण १३, सोमबार १२:२४ गते

सन् १९६० को दशकमा अमेरिका र सोभियत संघबिचको शीतयुद्ध चरमचुलीमा थियो। अन्तरिक्षको होडमा पनि ती दुई एकअर्कालाई पछार्न जोडतोडले लागेका थिए। सोभियत संघ अघिअघि, अमेरिका पछिपछि थियो। अन्तत: सोभियत संघले अन्तरिक्षमा मान्छे पठाउने होडमा अमेरिकालाई उछिन्यो। त्यसपछि उनीहरु चन्द्रमाको होडमा जुटे। सोभियत संघ चाहँदैनथ्यो, चन्द्रमामा उसको भन्दा पहिले कुनै अमेरिकीको पाइला परोस्। उता अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सोभियत संघलाई जसरी भएपनि उछिन्न नासालाई निर्देशन दिएका थिए। सोहीअनुरुप नासाले चन्द्रमामा मान्छे त उतार्‍यो नै, साथै अमेरिकी स्पेस एजेन्सीले उसका अन्तरिक्ष यात्रीले चन्द्रमामा पुगेर केही दुर्लभ काम गरेको प्रमाणित गर्ने प्रयत्न पनि गर्‍यो।

पृथ्वी उत्पत्तिको रहस्य खुल्यो अन्तरिक्ष यात्रीलाई चन्द्रमामा जानुभन्दा पहिले भूगर्भशास्त्रबारे राम्रो जानकारी हुन जरुरी हुन्थ्यो। त्यसका लागि उनीहरुलाई हवाई द्विप, मेक्सिको, आइसल्याण्ड र जर्मनीजस्ता देशहरुको भ्रमण गराइयो। त्यहाँ उनीहरुलाई चट्टान र ज्वालामुखीको बन्ने–भत्कने प्रक्रिया र उल्का पिण्डहरुको कारणले उत्पन्न हुने खाडलहरुबारे जानकारी दिइयो। अपोलो–१५ कमाण्ड मोड्युलका पाइलट अल वर्डेनका अनुसार उक्त भ्रमणबाट उनीहरुले निकै महत्वपूर्ण जानकारी पाएका थिए। चन्द्रमामा गएका अन्तरिक्ष यात्रीहरुले उत्खननको काम सहज बनाउन आफ्नो साथमा हथौडा, ड्रिल मेसिन र कोदालोजस्ता औजारहरु बोकेका थिए। ती अन्तरिक्ष यात्रीहरुमध्ये अल वर्डेनको ध्यान चन्द्रमाको बाहिरी घेरोमा केन्द्रित थियो। उनी त्यस्तो चिजको खोजिमा थिए, जसको माध्यमबाट नयाँ उपलब्धि साबित गर्न सकियोस्।

अपोलो–१७ मिशन अन्तर्गत चन्द्रमामा जाने पहिलो र एकमात्र भूगर्भशास्त्री हुन्, ह्यारिसन स्मिट। चन्द्रमामा उनले स–साना मोतीका दानाजस्ता टुक्राहरु भेट्टाए, जसले त्यहाँ चट्टान बन्ने–भत्कने प्रक्रिया चलिरहेको प्रमाणित गर्थ्यो। उनले ७४१ वटा त्यस्ता टुक्राहरु नमूनाको रुपमा पृथ्वीमा ल्याए, जसको तौल १११ किलो थियो। आजसम्म त्यस्ता २२०० टुक्राहरु चन्द्रमाबाट पृथ्वीमा ल्याइएका छन्, जसबारे अमेरिकाको ह्युस्टनस्थित प्रयोगशालामा अनुसन्धान कार्य चलिरहेको छ। नासाले चन्द्रमाबाट ल्याइएको त्यस्ता नमूटा पत्थरहरु विश्वभरका कैयौं म्यूजियम र प्रयोगशालालाई दान दिएको छ। त्यस्ता कैयौं टुक्राहरु सीलबन्दी गरेर थन्क्याइएका छन्। तर जुन–जुन नमूनाहरुबारे अध्ययन भयो, तिनले कैयौं महत्वपूर्ण जानकारी दिएका छन्। चन्द्रमा र पृथ्वीको कसरी बन्यो भन्ने इतिहास पनि त्यसैबाट पत्ता लागेको हो।

कुनै दुई ठूल्ठुला ग्रह र खगोलिय पिण्डहरु एकापसमा ठोक्किँदा पृथ्वी र चन्द्रमा बनेको तथ्य तिनै टुक्राहरुको अध्ययनबाट प्रमाणित भएको हो। सुत्नै सकेनन् अन्तरिक्ष यात्रीहरू चन्द्रमामा पाइला टेक्न पहिलोपटक पुगेका दुई अन्तरिक्ष यात्रीहरु, निल आर्मस्ट्रङ र बज एल्ड्रिन अन्तरिक्ष यान उत्रिएको स्थानभन्दा धेरै पर पुगेका थिएनन्। उनीहरुले चन्द्रमामा केवल आधा मिलको यात्रा गरे। तर पछि–पछि गएका अन्तरिक्ष यात्रीहरु निकै पर–परसम्म पुग्न थाले, र चन्द्रमाको सतहबाट कैयौं नमूनाहरु लिएर फर्किए। चन्द्रमामा पृथ्वीको तुलनमा ६ भागको १ भागमात्रै गुरुत्वाकर्षण शक्ति छ। यसको अर्थ हुन्छ, यहाँ ६ किलो तौल भएको सामानको तौल त्यहाँ एक किलो मात्रै हुन्छ। यस्तोमा अन्तरिक्ष यात्रीहरुलाई स्वयंको सन्तुलन बनाइराख्न निकै मुस्किल हुन्छ। तैपनि उनीहरुले ज्यादाभन्दा ज्यादा नमूनाहरुको संकलन गरे, जानकारीहरु हासिल गरे। सन् १९७२ मा अपोलो–१५ मिशनअन्तर्गत चन्द्रमामा गएका डेव स्कट र जिम इर्विन, चन्द्रमामा रोभर हाँक्ने पहिलो अन्तरिक्ष यात्री थिए। उक्त रोभर प्रतिघण्टा १६ किलोमिटरको गतिमा दौडन्थ्यो। रोभरमा चढेर उनीहरु आफ्नो यानभन्दा १४ मील टाढासम्म पुगेका थिए। पुराना दिन सम्झँदै मिशन कन्ट्रोलर स्कट भन्छन्, ‘चन्द्रमाको सतहमा रहेका खाल्डाखुल्डीबाट जोगिँदै रोभर हाँकेको थिएँ।

विघ्नै घच्याकघुचुक हुन्थ्यो, हामीले सिटबेल्टको आवश्यकता महसूस गरेका थियौं।’ तर लुनर ड्राइभिङ रेकर्ड भने जीन सर्नेनको नाममा छ। उनी अपोलो–१७ मिशनमा ह्यारिसन स्मिटसँगै चन्द्रमामा पुगेका थिए। त्यहाँ उनीहरु आफ्नो यानभन्दा ४ किलोमिटर परमात्रै पुगे, तर ३५ किलोमिटर बराबर चक्कर लगाए। चन्द्रमाको सतहमा साढे २ घण्टा हिँडेपछि निल आर्मस्ट्रङ र बज एड्रिनले लुनर ल्याण्डरको इञ्जिन बन्द गरेका थिए। उक्त यात्रापछि उनीहरुले तीब्र थकानको अनुभव गरेका थिए, र उनीहरुलाई अर्विटमा फर्कनुभन्दा पहिले केहीबेर सुत्न अह्राइएको थियो। आफ्नो रिपोर्टमा आर्मस्ट्रङले लेखेका छन्, ‘चर्को आवाज, चर्को प्रकाश र कम तापक्रमका कारण उनलाई चिडचिडाहट भएको थियो।’ लुनार मोड्यूल, अन्तरिक्षको क्षेत्रमा एक ठूलो सफलता थियो। तर उक्त यानमा यात्रा गर्नु रत्तिभर आरामदायी थिएन। ठूला–ठूला इन्जिनहरुका कारण क्याबिनमा अन्तरिक्ष यात्रीका लागि निकै कम ठाउँ बचेको थियो। आर्मस्ट्रङले भनेका छन् कि उनी इन्जिनको कभरमा र उनका साथी भुईंमा सुतेका थिए। उक्त यानको झ्यालबाट किसिम किसिमका प्रकाशहरु भित्र छिर्थे। इन्जिको आवाज पनि उस्तै चर्को थियो। त्यस्तोमा पाइलट बज एल्ड्रिन दुई घण्टा सुते भने निल आर्मस्ट्रङ सुत्दै सुतेनन्।

आर्मस्ट्रङ र बज एल्ड्रिनभन्दा पछाडि अन्तरिक्षको यात्रा गर्नेहरुले भने निकै सुविधाजनक यानमा यात्रा गर्ने मौका पाए। ती यति सुविधाजनक थिए कि पिङ हालेर सुतौं भने पनि मिल्थ्यो। पृथ्वी र चन्द्रमाबिचको दूरी पत्ता लाग्यो २७ डिसेम्बर १९६८ मा पठाइएको अपोलो–८ मिशन सबैभन्दा तेज गतिमा चन्द्रमाको कक्षमा पुगेको थियो। त्यसको गति झण्डै सात मील प्रति सेकेन्डको थियो। उक्त यान अत्यन्तै आरामदायी पनि थियो, जसले अन्तरिक्ष यात्रीहरुलाई ३००० डिग्री सेल्लियसको गर्मीबाट सजिलोसँग जोगाउने क्षमता राख्दथ्यो। सोही वर्षको मे महिनामा पठाइएको अपोलो–१० को गति झन् तिब्र थियो। उक्त यान ३९ हजार ७०५ किलोमिटर प्रतिघण्टाको गतिमा चन्द्रमामा पुगेर फर्कियो।

अपोलो–१५ का पाइलट अल वर्डेन भन्छन्, ‘चन्द्रमाको यात्रा निकै निरस हुन्छ। त्यहाँ नपुगुञ्जेल साढे ३ दिनसम्म कुनै काम नै हुँदैन।’ यात्राको समयमा उनीहरु एकापसमा बात मार्छन्, किताब पढ्छन् वा गीत सुन्ने गर्छन्। त्यसबाहेक उनीहरुलाई टेलिभिजन प्रशारणमा पनि सामेल हुन लगाइन्छ। चन्द्रमा र पृथ्वीबिचको दुरी पत्ता लगाएकोमा हामीले अन्तरिक्ष यात्री वर्डेनलाई धन्यवाद भन्नुपर्छ। उनैको मिशनका क्रममा चन्द्रमामा रेजिङ रेट्रोरिफ्लेक्टर नामको लेजर उपकरण फिट गरिएको थियो, जसको मद्दतले पृथ्वी र चन्द्रमाको वास्तविक दुरी पत्ता लाग्यो। यसैबाट हामीले यो पनि थाहा पाउन सक्यौं कि चन्द्रमा हरेक वर्ष पृथ्वीबाट ३८ मिलिमिटर टाढा जाँदैछ। (बिबिसीबाट अनूदित)
थाहा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *