विमानस्थलमा यात्रुको लगेजमा मिसाइल लञ्चर भेटिएपछि

२०७६ श्रावण १४, मंगलवार १०:४८ गते २०७६ श्रावण १४, मंगलवार १०:४८ गते २०७६ श्रावण १४, मंगलवार १०:४८ गते

एजेन्सी । अमेरिकाको बाल्टिमोरस्थित विमानस्थलका सुरक्षाकर्मीले यात्रुको लगेज चेकजाँच गर्ने क्रममा मिसाइल लञ्चर भेटेका छन् ।विमानस्थलको सुरक्षाको जिम्मेबारी पाएको ‘ट्रान्सपोर्टेसन सेकुरिटी एडमिनिस्ट्रसन(टीएसए)’का अधिकारीले उक्त शक्तिशाली सैन्य उपकरण भेटेका हुन् ।विमान यात्रुको लगेजमा मिसाइल लञ्चर भेटिएपछि टीएसएका अधिकारीनै आश्चर्यमा परेका थिए ।घटना सोमबार विहान बाल्टिमोर÷वाशिन्टन अन्तर्राष्ट्रिय थरगुड मार्सल विमानस्थलको हो ।
मिसाइल लञ्चर बोक्ने यात्रु टेक्ससको ज्याक्सनभिलका बासिन्दा रहेको टीएसए अधिकारीले बताएका छन् । अधिकारीका अनुसार उनी सक्रिय सैन्य सदस्य रहेकाले सम्झनाको लागि मिसाइल लञ्चर आफूसँग राख्न चाहेका थिए ।घटनाबारे स्पष्ट पार्नको लागि टीएसएले विज्ञप्ति जारी गरेको छ ।

नाम उल्लेख नगरिएको यात्रुलाई सोधखोजको लागि हिरासतमा लिइएको थियो । उनले टीएसएका अधिकारीलाई आफू सेनामा सेवारत रहेको र त्यस समय कुवेतबाट अमेरिका फर्किरहेको बताएका थिए ।लञ्चर सक्रिय थिएन, त्यसलाई तत्कालै जफत गरियो । जफत गएिको लञ्चर राज्यको फायर मासललाई हस्तान्तर गरिएको छ ।टीएसएले आफ्नो विज्ञप्तीमा हवाई यात्रुले कुनै प्रकारको सैन्य हतियार बोकेर हिँड्न नपाउने स्पष्ट पारेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *