सुसाइड नोटमा शिक्षकको नाम लेखेर आत्महत्या

२०७६ श्रावण १४, मंगलवार १८:४८ गते २०७६ श्रावण १४, मंगलवार १८:४८ गते २०७६ श्रावण १४, मंगलवार १८:४८ गते

धनगढी : कञ्चनपुरमा एक विद्यार्थीले सुसाइड नोटमा शिक्षककको नाम लेखी आत्महत्या गरेका छन्। कञ्चनपुर लिटिल बुद्ध एकेडेमीमा कक्षा १२ मा अध्ययनरत सुरज लेखकले घरको आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका हुन्।सुरजले सुसाइड नोटमा ‘मर्नुको कारण हरिलाल जोशी एलबिए प्लस टु कोर्डिनेटर’ भनेर उल्लेख गरेका छन्। उनले फेसबुकमा समेत ‘आई क्वीट’ भनेर लेखेका थिए।एकेडेमीका प्लस टु संयोजक हरिलाल जोशीले शुक्रबार बिहान विद्यालय समयमा सुरजसहित उनका साथीहरू आशिस चन्द र मनिस विष्टलाई चुरोट खाइरहेको अवस्थामा भेटेपछि विद्यालय प्रशासनमा बोलाएर सम्झाई बुझाई गरेको बताए।शिक्षक जोशीविरुद्ध किटानी जाहेरी: जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापकसमेत रहेका सुरजका बुवा गणेश लेखकले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा शिक्षक हरिलाल जोशीविरुद्ध ‘आत्महत्या दुरुत्साहन’ सम्बन्धी किटानी जाहेरी दिएका छन्। उनले छोरालाई विद्यालयबाट तनाव दिएर आत्महत्या गर्न बाध्य पारिएको भन्दै शिक्षक जोशीविरुद्ध किटानी जाहेरी दिएको बताए।‘म पनि शिक्षक हुँ, तर शिक्षकबाट गल्ती भएको छ,’ उनले भने, ‘त्यही भएर सत्यतथ्य छानबिनका लागि किटानी दिएको हुँ।’ कञ्चनपुरका प्रहरी प्रवक्ता गणेशबहादुर बमले पीडित पक्षबाट आएको किटानी दर्ता भएको पुष्टि गरेका छन्।
संयोजक जोशी बर्खास्त: लिटिल बुद्ध एकेडेमीले प्लस टु संयोजक हरिलाल जोशीलाई आइतबार विद्यालयबाट हटाएको छ। प्रिन्सिपल श्यामसिंह मौनीले विद्यार्थीले गरेको सुसाईड नोटमा शिक्षक जोशीको नाम उल्लेख भएकाले उनलाई छानबिनका लागि विद्यालयबाट हटाइएको बताए।अन्नपुर्ण पोस्ट बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *