भोजपुर । राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् । भोजपुर षडानन्द नगरपालिका–३ जिमिगाँउ घर भइ हाल काठमाडौँको उत्तरखेल बस्ने ४४ वर्षीय कमलबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो ।विशेष सूचनाका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–७ सुकेधाराबाट उनलाई पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिनुभयो। मकवानपुर जिल्ला अदालतमा राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दाका फरार प्रतिवादी भएकाले श्रेष्ठलाई आवश्यक कारवाहीका लागि आजै हेटौँडा पठाईएको महाशाखाले जनाएको छ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0