काठमाण्डौ,साउन १५। काभ्रेको बनेपा बजारमा भर्खरै बम वि’स्फोट भएको छ । अहिले मध्यराति बनेपा नगरपालिकास्थित बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै बम बिस्फोट भएको स्थानीयले बताएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि बम विस्फोटको पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले भने, बिस्फोट भएको जानकारी हामीले पाएका छौं। घटनास्थलमा प्रहरी पठाइएको छ। क्षतिको कुनै विवरण भने आएको छैन।
विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले बुधबार बागमतीसहितका क्षेत्रमा बन्दको आह्वान गरेको छ। उसैले बिस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ। यद्दपि विस्फोटको जिम्मा भने कसैले लिएको छैन।यस्तै झापामा तीन वटा एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ। जिल्लाको भद्रपुर र कमल गाउँपालिकामा रहेका एनसेल टावरमा आगजनी गरिएको हो। पूर्ण बिवरण आइसकेको छैन । बारम्बार फलोअपमा छौ ।via जनबोली
Views: 0