काठमाडौं । पछिल्लो समय ‘न्युज २४’ टेलिभिजन मार्फत प्रसारण हुने कार्यक्रम ‘सिधा कुरा जनतासँग’मा निर्मला हत्या प्रकरण बारेका रिपोर्टले प्राथमिकता पाइरहेका छन् ।निर्मला हत्या प्रकरणमा निकास ल्याउनका लागि चर्चित पत्रकार रवी लामिछाने र उनको टिम खटिरहेको छ सायद रवी लामिछानेद्धारा सञ्चालित उक्त कार्यक्रमले पछिल्यो एपिसोडमा निर्मला हत्या प्रकरणमा निलम्बित भएका डिएसपी अंगुर जिसीसँग अन्र्तवार्ता र त्यसपछिको फलोअपमा प्रत्यक्षीदर्शी भनिने महिलाका कुरा प्रसारण गरेको छ ।निलम्बित डिएसपी जिसी र प्रत्यक्षीदर्शी भनिने महिलाको निष्कर्ष छ कि दिलिप सिंह विष्ट नै दोषी हुन् । सोही प्रकरणमा मंगलबार राति प्रसारित अर्को रिपार्टमा निर्मला प्रकरणमा अनेक ट्विस्ट ल्याउने व्यक्ती भन्दै कञ्चनपुरका पत्रकार खेम भण्डारीका फेसबुक स्ट्याटस रिपोर्टमा समावेश छन् । केहिको आशय , निर्मला हत्या प्रकरणमा दोषी दिलिप सिंह विष्ट नै हुन् र उनको बचाउमा पत्रकार भण्डारी लागिपरेको र घटनालाई टर्न गराएको आरोप जस्तै छ । निर्मला पन्त हत्या प्रकरणमा निरन्तर लेखिरहेका पत्रकार भण्डारीले भने फेरि दिलिप सिंह विष्टलाई फसाउँन ठुलो षडयन्त्र भइरहेको र यो प्रायोजित रहेको जवाफ दिएका छन् र रवी लामिछाने त्यसकै सिकार बनेको उनको आरोप छ ।
Views: 0