काठमाडौं– नवनियुक्त संकृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले आफूलाई पैसा खर्च नगरी शुभकामना दिन आग्रह गरेका छन् । बुधबार साँझ मन्त्रालयमा पदवहाली गर्दैै मन्त्री भट्टराईले पत्रिकामा बिज्ञापनको रुपमा शुभकामना नदिन आग्रह गरे ।उनले सामाजिक सञ्जालबाट शुभकामना दिनेहरुलाई धन्यवाद दिँदै सामाजिक सञ्जालबाटै शुभकामना दिन आग्रह गरे ।
उनले भने– ‘सम्भवत मलाई सोसल मिडियाहरुमा धेरै बधाई आएको होला, उहाँहरुलाई धन्यवाद दिन चाहन्छु, एउटा अनुरोध पत्रकार साथीहरुमार्फत गर्छु, कुनै पनि कम्पनीले बिजनेश हाउसले व्यवसायिक मित्रहरुले पैसा तिरेर बधाई नदिनुहोला । त्यो राम्रो कुरा हैन । फेसबुकमा दिनुस, के मा दिनुस त्यो ठीक छ, त्यसलाई अन्यथा मान्दिन तर पत्रिकामा टेलिभिजनमा बिज्ञापनको रुपमा बधाई नदिनुहुन त्यो मेरो लागि धेरै राम्रो हुनेछ ।’उनले सरल ढंगले काम गर्न पाँउ, बधाईले थिचिएर उठ्न नसकिने हो कि भन्दै ठट्टा समेत गरे ।
Views: 0