काउकुती लाग्दा किन हाँसो उठ्छ ? जान्नुहोस अनौठो कारण।

२०७६ श्रावण १५, बुधबार २०:५४ गते २०७६ श्रावण १५, बुधबार २०:५४ गते २०७६ श्रावण १५, बुधबार २०:५४ गते

कसैलाई काउकुती लगाएको बन्दै मन पर्दैन । कसैलाई पर्छ । तर यो व्यक्तिगत स्वभावको कुरा हो । त्यस्तै काउकुती लगाउँदा कोही हाँस्छन् त कोही रिसाउँछन् ।काउकुती दई प्रकारका हुन्छन् एक हल्का किसिमको दबाब त अर्काे केही कडा किसिमको दबाबले गर्दा हुने काउकुती जसले हाँसो उठाउँछ । अब काउकुती किन वा कसरी लाग्ने गर्छ भन्नेमा वैज्ञानिकहरु के भन्छन् त ?

छालामा स्पर्श हुँदा त्यसमुनि रहेका स्नायुका टुप्पोले मस्तिष्कमा विद्युतीय सन्देश पठाउँछन् । काउकुती लगाउँदा हामी हाँस्नुको कारण चाहिँ स्नायुले पठाएको तरंग एकैपटक दुई भागमा पुग्छः एउटा स्पर्शको विश्लेषण गर्ने भागमा भने अर्काे आनन्दको सञ्चार गर्ने भागमा । तर काउकुती लगाउँदा सधैँ रमाइलो मात्रै भने हुँदैन । किनकी त्यस कार्यले मस्तिष्कको त्यो भागलाई पनि सक्रिय पार्छ जसले हामीले अत्याउने गर्दछ ।सुन्दा अचम्म लागेपनि वैज्ञानिकहरुका अनुसार काउकुती लाग्दा हाँस्नु भनेको मानिसको आदिम प्रतिरक्षा प्रणाली सक्रिय भएको हुन सक्छ । जसले आक्रमणकारीका अगाडि हामी झुकेको वा परास्त भएको संकेत दिन सक्छ । त्यसो भए आफूले आफैँलाई किन काउकुती लगाउन सकिदैन त ?

यसको कारण हाम्रो मस्तिष्कमा भएको सेरेबेलम भन्ने भागले गर्दा हो जसले हामीले गरेको गतिविधिमा ध्यान दिन्छ । त्यो भागले शरीरमा हुने स्वभाविक वा अस्वभाविक तरंगहरु थाहा पाउन वा छुट्याउन सक्छ । अर्थात् तपाइ के गर्दै हुनुहुन्छ भन्ने उसलाई पहिल्यै थाहा भएकोले गर्दा आफैले काउकुती लगाउँदा मस्तिष्कले कुनै प्रतिक्रिया नगरेको हो ।तर केही गम्भीर किसिमका मानसिक रोग (जस्तै, स्किजोफ्रेनिया) का बिरामीले भने आफैँलाई काउकुती लगाउन सक्छन् । किनकी उनीहरुको दिमागले आफैँले आफैँमाथि गरिएको गतिविधिबारे भेद छुट्याउन सक्दैनन् ।केही जनावरहरुलाई पनि काउकुती लाग्ने गर्छ ।

शार्कहरुलाई थुतुनोको ठीक मुनि काउकुती लगाउँदा तिनीहरुले क्निस्मिसिस् (हल्का काउकुती) महसुस गर्छन् । तर गार्गलिसिस्(निकै हाँसउठ्तो काउकुती) चिम्पान्जी, गोरिल्लाहरुमा मात्र देखिन्छ । यो सामाजिक रुपमा एकताबद्ध हुन सिकाउने एउटा तरिका हो । त्यस्तै बालकहरुलाई तिनका सबैभन्दा संवेनदशील अंग कहाँ छन् भनेर सिकाउने उपाय पनि हुन सक्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *