खानालाई चपाउन दातको महत्वपूर्ण भूमिका रहेको हुन्छ । दातले व्यक्तित्वलाई समेत झल्काउँछ ।सफा र टम्म मिलेका दातले व्यक्तिलाई आकर्षक बनाउँछ । त्यसका लागि दातको उपयुक्त हेरचाह गर्न आवश्यक हुन्छ । नियमति दात माझ्ने र खाना खाएपछि सफा गर्ने वा कुला गर्नाले दातको रक्षा गर्न सकिन्छ ।यस्तो नगरेको खण्डमा दातमा समस्या देखा पर्छ । हामीले खाएको खानेकुरा दातामा अड्किँदा त्यसलाई किराले खाने हुनजान्छ । दाता किराले खाँदा निकै पीडा हुन्छ । त्यो धेरै जसो मानिसहरुले भोगेका हुन्छन् । यस्तो पीडालाई कम गर्नका लागि केही घरेलु उपायहरु पनि रहेका छन् । जसको प्रयोगले दुखाइको पीडालाई कम गर्न सकिन्छ ।
दात दुखाई समाधानको घरेलु उपचार:लसुनको एक पोटी थोरै बिरे नुनसंग पिसेर (पिधेर) दुखेको दाँतमा राम्रो संग थिचेर राख्यो भने दाँतको दुखाई हराउछ ।
- – दिनहु एक केस्रा लसुन खाने राम्ररी चपाएर खाने गर्नाले दाँतको दुखाई बाट छुटकारा मिल्छ
- – यदी दाँत किराले खाएको छ र दुखेको छ भने किराले खाएर दुखेको भागमा अलिकति हिङ राख्दा दाँतको दुखाई धेरै हद सम्म कम हुन्छ
- – खैनी धेरै खायो भने मुखमा घाउ हुने र ओठ कालो हुने जस्ता समस्याहरु देखा पर्छन तर अलिकति खैनीसंग नुन राखेर पिसेर दिनहु दाँत ब्रस गर्नाले दाँतको दुखाई बाट मुक्ति मिल्छदाँत दुख्दा तातो पनि को थैलीले सेक्दा पनि निक्कै राहत मिल्छ।
- – प्याजलाइ कुटेर किराले खाएको दाँतमा राख्यो भने पनि दुखाई कम हुन्छ
- – ल्वाङ को तेल कपासमा भिजाउनु होस् र किरा लागेको दाँतमा राख्नुहोस् यसो गर्नाले दुखाइ कम हुन्छ ।
- – दाँत दुख्ने व्यक्तिहरुले दिनमा ३–४ पटक ल्वाङ मुखमा राखेर चुस्दा फाइदा हुन्छ
- – पुदिनाको पातलाई पिधेर किरा लागेको दाँतमा मा राख्नाले दुखाइ धेरै कम हुन्छ
- – हिङ र कागती मिलाई पेस्ट बनाइ दाँत ब्रस गर्नाले पनि धेरै फाइदा हुन्छ
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0