कुलमानका विरोधी उप–कार्यकारी निर्देशक ढुंगेलले पाए अवकाश

२०७६ श्रावण १६, बिहीबार १२:४१ गते २०७६ श्रावण १६, बिहीबार १२:४१ गते २०७६ श्रावण १६, बिहीबार १२:४१ गते

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध मुद्दा हाल्ने प्राधिकरणका उप–कार्यकारी निर्देशक सुनिल कुमार ढुंगेलले अवकाश पाएका छन्। पाँच वर्षे कार्यकाल अवधि सकिएपछि ढुंगेलले बुधबारबाट अनिवार्य अवकाश पाएका हुन्।सरकारले प्रक्रिया मिचेर घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको भन्दै ढुंगेलसहित प्राधिकरणका तत्कालीन चार जना उप–कार्यकारी निर्देशकले सर्वोच्चमा रिट दायर गरेका थिए।

उपकार्यकारी निर्देशकहरु शेरसिंह भाट, कन्हैया कुमार मानन्धर, सुरेन्द्र राजभण्डारी र सुनिलकुमार ढुंगेलले संयुक्त रिट दायर गरेका थिए । मन्त्रिपरिषद्ले २९ भदौ २०७३ मा घिसिङलाई कार्यकारी निर्देशकमा चार वर्षका लागि नियुक्त गरेको थियो। सर्वोच्चका न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको ३० असोज २०७३ को इजलासले रिट निवेदनको मागबमोजिम अन्तरिम आदेश अस्वीकार गरेको थियो। मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधीन छ।

सर्वोच्चले अन्तरिम आदेश अस्वीकार गरेपछि ढुंगेल पुनः प्राधिकरण फर्किएका थिए भने भाटले राजीनामा दिएका थिए। त्यस्तै अन्य दुई जना विदामा बसेका थिए। घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा ढुंगेल प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडको प्रबन्धसञ्चालक थिए। घिसिङले ढुंगेललाई तनहुँबाट प्राधिकरणमा फिर्ता बोलाएका थिए । आफैंविरुद्ध मुद्दा पनि हाल्ने, अन्तरिम आदेश नपाएपछि पुनः प्राधिकरणमै फर्किएपछि घिसिङले ढुंगेललाई कारबाहीस्वरुप करिब नौ महिना जिम्मेवारीविहीन बनाएका थिए।तत्कालीन उपकार्यकारी निर्देशकहरुमध्ये सबैभन्दा वरिष्ठ भएकोले जिम्मेवारी दिनैपर्ने अवस्था आएपछि ढुंगेललाई प्राधिकरणको सबैभन्दा ठूलो बितरण तथा ग्राहक सेवा निर्देशनालयको जिम्मेवारी दिइएको थियो ।

त्यहाँ पनि काम सन्तोषजनक नभएपछि उनलाई उत्पादन निर्देशनालयमा सरुवा गरिएको थियो। लागत र समय दोब्बरभन्दा बढी भएको मध्यमस्र्याङदी जलविद्युत् आयोजनाको प्रमुख हुँदा विवादित छवि बनाएका ढुंगेलले तनहुँ जलविद्युत् आयोजनामा आफ्नै छोरालाई दैनिक ज्यालादारीमा कर्मचारी नियुक्त गरेका थिए।तनहुँमा आफ्नो जागिर बचाइराख्न उनले प्राधिकरणका तत्कालीन सञ्चालक मनोज मिश्रका मान्छेलाई पनि तनहुँमा नियुक्ति दिएको प्राधिकरण स्रोतले बतायो। विदेश जान मात्रै चाहने ढुंगेल अवकाश पाउनुभन्दा केहीअघि पनि प्राधिकरणको खर्चमा अमेरिका गएको स्रोतले बतायो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *