पर्याप्त नसुत्दा यस्तो सम्म हुन सक्छ मानसिक समस्याको खतरा : अबश्य हेर्नुहोस

२०७६ श्रावण १६, बिहीबार १२:५७ गते २०७६ श्रावण १६, बिहीबार १२:५७ गते २०७६ श्रावण १६, बिहीबार १२:५७ गते

वासिङ्टन डिसी : निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनको निश्कर्षमा हरेक रात पर्याप्त सुत्न सवैलाई सुझाव दिइएको छ ।

निद्रा पुरा नभएकाले मानसिक समस्या देखिएकाहरु मध्ये २१ प्रतिशतमा तनावको समस्या, २४ प्रतिशतमा निराशाको समस्या, २४ प्रतिशतमा रिसाउने समस्या, २५ प्रतिशतमा कुन्ठा, २५ प्रतिशतमा महत्वकांक्षा, २८ प्रतिशतमा काम गर्न समस्या र २८ प्रतिशतमा आत्महत्याको समस्या देखिन सक्ने अध्ययनकर्ताहरुको भनाई छ ।

अनिन्द्रकै कारण कति धेरै समस्या सृजना हुदो रहेछ भन्ने कुरा यो अध्ययनले आश्चर्य नै पर्नेगरी देखाएको उनीहरुको भनाई छ । अध्ययनको नेतृत्व गर्नु भएका लेखक थे राम्सेयले क्याम्पस तहका विद्यार्थीहरुमा यसले बढी प्रभावित पारेको बताउनु भयो ।उहाँका अनुसार सन् २०११ देखि २०१४ सम्म गरेको अध्ययनले यस्तो देखाएको हो । उहाँले अध्ययनमा एक लाख १० हजार ४९६ जना सहभागी भएको जानकारी दिनुभयो ।रासस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *