अपहरित भनिएका व्यक्ती नै अपहरणकारी !

२०७६ श्रावण १६, बिहीबार १७:४८ गते २०७६ श्रावण १६, बिहीबार १७:४८ गते २०७६ श्रावण १६, बिहीबार १७:४८ गते

वीरगञ्ज ।अपहरणमा परेका भनिएका पर्साको विन्दवासीनी गाउँपालिका वडा नम्बर ४ मधवलका २८ वर्षीय उपनेश चौरसीया पर्सा प्रहरीको सम्पर्कमा आएका छन ।मङगलबार दिउँसो २ बजे तिर वीरगन्जको घण्टाघर चोकबाट मधवलका चौरसीयालाई उनकै गाउँका दुईजनाले मोटरसाइकलमा जबरजस्ती चढाएर भारतको रक्सौलतर्फ लिएर गएको परिवारजनले बताएका थिए । अपहरणमा परेको भनिएका चौरसीया, नेपाल तरुण दलको जिल्ला सदस्य पनि हुन् । चौरसीयालाई उनकै गाउँका उत्तम भन्ने निरंजन तिवारी र वर्ष २८ को एजाजुल मिया अंसारीले घण्टाघरबाट मोटरसाइकलमा चढाएर रक्सौलतर्फ लिएर गएको चौरसियाको आफन्तहरुले आरोप लगाएका थिए ।यता अपहरणमा परेको भनिएका उपनिवेश चौरसीया अपहरणकारीको चुन्गल बाट भागेर बाच्न सफल भएको वडा अध्यक्ष अनुज चौरसियाले बताए ।बुधबार रातीको समयमा अपहरणकारी सुती रहेको अवस्थामा आफु भागेर नेपाल छिरेको वडा अध्यक्ष चौरसियाले बताए ।जिल्ला प्रहरी कार्यालय पर्साले अपहरणमा परेका भनि योजना बनाई सोही दिन सनुप दासलाई विरगंज पठाई उपनेश चौरसिया अपहरण भएको भनि हल्ला फैलाएका दासमाथि अनुसन्धान गरिरहेको छ । अनुसन्धान पश्चात उपनेश चौरसियालाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *