रवीले सुरक्षा ग्यारेण्टी गरेपछि भण्डारी टिभीमा लाइभ आउँने – निर्मला हत्या प्रकरण !!

२०७६ श्रावण १६, बिहीबार १८:१२ गते २०७६ श्रावण १६, बिहीबार १८:१२ गते २०७६ श्रावण १६, बिहीबार १८:१२ गते

काठमाडौं । पछिल्लो समय ‘न्युज २४’ टेलिभिजन मार्फत प्रसारण हुने कार्यक्रम ‘सिधा कुरा जनतासँग’मा निर्मला हत्या प्रकरण बारेका रिपोर्टले प्राथमिकता पाइरहेका छन् । निर्मला हत्या प्रकरणमा निकास ल्याउनका लागि चर्चित पत्रकार रवी लामिछाने र उनको टिम खटिरहेको छ सायद ! रवी लामिछानेद्धारा सञ्चालित उक्त कार्यक्रमले पछिल्लो एपिसोडमा निर्मला हत्या प्रकरणमा निलम्बित भएका डिएसपी अंगुर जिसीसँग अन्र्तवार्ता र त्यसपछिको फलोअपमा प्रत्यक्षीदर्शी भनिने महिलाका कुरा प्रसारण गरेको छ । निलम्बित डिएसपी जिसी र प्रत्यक्षीदर्शी भनिने महिलाको निष्कर्ष छ कि ‘दिलिप सिंह विष्ट नै दोषी हुन् र उनलाई बचाइएको हो’ । निर्मला प्रकरणको घटनालाई ‘ट्विस्ट एण्ड टर्न’ गर्न कञ्चनपुरका पत्रकार खेम भण्डारीले भुमिका खेलेकोमा रवी लामिछानेको आशंका छ ।त्यसैले रवीले भण्डारीलाई सम्पर्क गर्ने प्रयाश गरिरहेका छन् । फेसबुकमा भण्डारीले यस्तो लेखेका छन् ।निर्मला पन्त हत्या प्रकरणमा निरन्तर लेखिरहेका पत्रकार भण्डारीले भने फेरि दिलिप सिंह विष्टलाई फसाउँन ठुलो षडयन्त्र भइरहेको र यो प्रायोजित रहेको जवाफ दिएका छन् र रवी लामिछाने त्यसकै सिकार बनेको उनको आरोप छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *